बंगलादेशमा फेरि आक्रमण, चारजना मारिए

बंगलादेशमा फेरि आक्रमण, चारजना मारिए

काठमाडौं: बंगलादेशमा ईदगाह नजिकै आतंकवादी आक्रमण भएको छ । यो आक्रमणमा दुईजना प्रहरी, एकजना महिला र एकजना आक्रमणकारी मारिएका छन् ।

राजधानी ढाकाको छिमेकी जिल्ला किशोरगन्ज ईदको सबैभन्दा ठूलो कार्यक्रम भइरहेका बेला विस्फोट भएको हो ।

यो आक्रमणका क्रममा दुई पुलिस, एक महिला र एक आक्रमणकारीसहित चारजना मारिएका छन् भने ११ जना गम्भीर घाइते भएका छन् ।

साताअघि शुक्रवार ढाकामा २० जनाको ज्यान जाने गरी भएको आतंकवादी हमलापछि यो दोस्रो ठूलो हमला हो । आक्रमणपछि प्रहरीले यस इलाकालाई घेराउ गरेको छ । त्यहाँ सयौंको संख्यामा प्रहरी तैनाथ गरिएको छ ।

डेली स्टारका अनुसार ३० हजारजना मुस्लिमहरु प्राथनारत सालकिया ईदगाहमा आक्रमण भएको हो । बंगलादेशी प्रहरीले यो हमलामा स्थानीय आतंकवादी समूहको संलग्नता रहेको दाबी गरेको छ।

विस्फोट भएको समयमा ३० हजार बढी संख्यामा भेला भएका मुस्लिमहरु नमाज पढ्ने क्रममा थिए । विस्फोटपछि त्यहाँ भागदौड मच्चिएको थियो । यसअघि बंगलादेशमा आतंकवादी संगठन आइएसले आक्रमण गर्ने चेतावनी दिँदै आएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.