आईएसले आफ्नै लडाकूलाई उम्लेको पानीमा हालेर मार्यो
![आईएसले आफ्नै लडाकूलाई उम्लेको पानीमा हालेर मार्यो](https://annapurnapost.prixacdn.net/media/albums/577e1c658a6a86.22287102_ZwFORXGqDm.jpg)
काठमाडौं: क्रुरताका लागि विश्वभर बदनमा आतंकवादी संगठन आईएसले आफ्नै सातजना लडाकूलाई उम्लिरहेको पानीमा हालेर हत्या गरेको छ ।
आईएसले लडाँइबाट भागिरहेका ती युवाहरुलाई नियन्त्रणमा लिएर तातोपानीमा उमाली ज्यान लिएको हो । आईएसले यी युवाहरुमाथि युद्धबाट कायर बनेर भागेको आरोप लगाउँदै ज्यान लिए बताइएको छ ।
डेली मेलको समाचार अनुसार उम्लिरहेको पानीमा जिउँदै हालेर मारिएका यी युवाहरु इराकको शराकत शहरमा छेडिएको युद्धबाट ज्यान बचाउन भागेका थिए । भागिरहेका उनीहरुलाई यही कारण सयौं मानिसहरुका अगाडि उम्लिरहेको पानीमा हालेर हत्या गरिएको हो ।
स्थानीय सञ्चारमाध्यमका अनुसार सातैजनालाई उम्लिरहेको पानीमा हाल्नुअघि उनीहरुको हात खुट्टालाई डोरी बाँधिएको थियो । उनीहरुले बाँच्ने कोशिस नगरुन् भन्नका लागि हात खुट्टा बाँधिएको थियो ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)