कांग्रेस महामन्त्री कोइरालालाई भेन्टिलेटरबाट निकालियो

कांग्रेस महामन्त्री कोइरालालाई भेन्टिलेटरबाट निकालियो

काठमाडौँ: तीनदेखि उपचारार्थ कांग्रेस महामन्त्री शशांक कोइरालालाई केहीबेर अघि भेन्टिलेटरबाट निकालिएको छ।  कोइरालाको स्वास्थ्यमा प्रयाप्त सुधारका संकेत देखिएपछि मेन्टिलेटरबाट निकालिएको हो।

चावहिलस्थित ओम अस्पतालमा मंगलबार रातीदेखि उपचाररत डा. कोइरालाको रक्तचापमा सुधार आउनुका साथै चेतना स्तरमा समेत वृद्धि भएको छ।

सुधारका संकेत देखिएसँगै चिकित्सकले औषधिको मात्रा घटाउदै लगेका छन्। सोही क्रममा कोइरालालाई भेन्टिलेटरबाट निकालिएको हो।

कोइरालाको स्वासप्रश्वास सहजता आउन थालेको छ भने मिर्गौलाको काम भएपछि भेन्टिलेटरबाट निकालिएको उपचारको नेतृत्व गरेका अस्पतालका मुटुरोग विशेषज्ञ डा.लभ नरसिंह जोशीले अन्नपूर्णसँग बताए ।

‘उपचारका विधि सफल भएमा पक्कै पनि उहाँको स्वास्थ्य अवस्थामा उल्लेखनीय सुधार आउने छ,' डा जोशीले भने, ‘त्यसका लागि सबै विशेषज्ञ चिकित्सज्ञ निरन्तर लागिपर्नुभएको छ ।'

बिहीबार अस्पतालले जारी गरेको विज्ञप्ति अनुसार  कोइरालाले सांकेतिक भाषा समेत बुझ्न थालेका छन् भने आफन्तलाई चिन्न समेत थालेका छन्।

पेट दुःखाइ, खोकी र स्वासप्रश्वासमा असहज भएपछि अस्पताल भर्ना भएका कोइरालाले मंगलबार राती सुतिरहेका बेला अचानक वान्ता गर्दा सर्किदा तरल पदार्थ फोक्सोमा पुग्दा उनको स्वास्थ्य अवस्था जटिल बनेको थियो ।

चिकित्सकले उनको स्वास्थ्य अवस्थालाई मल्टिअर्गान डिस्फङसनका रुपमा लिएका छन्। कोइरालाको स्वास्थ्यमा सुधारका संकेत देखिए पनि अझै उनको स्वास्थ्य अवस्था खतरामुक्त भने नरहेको चिकित्सकले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.