बालुवाटारमा तीन दलको बैठक
काठमाडौं: माओवादी केन्द्रले आगामी पुस २३ गतेबाट महाधिवेशन गर्ने निर्णय गरेलगत्तै तीन शीर्ष दलको बैठक बालुवाटारमा बसेको छ ।
प्रधानमन्त्री निवास बालुटारमा साँझ ७ बजेबाट भइरहेको बैठकमा कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी रहेका छन् ।
माओवादी केन्द्रले सहमतीय सरकार बनाउनुपर्ने समेत निर्णय गरेर बालुवाटार पुगेका हुन् । स्रोतका अनुसार यो बैठकमा प्रचण्डले आफ्नो पोलिटब्यूरोले गरेको निर्णयबारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराएका छन् ।
साँझै पाँच बजे बस्ने भनिएको तीन दलको बैठक माओवादी केन्द्रको पोलिटब्यूरो बैठक दुई घन्टा लम्बिएकाले ढिलो गरी बसेको हो ।