तातोपानी क्षेत्र उच्च जोखिममा

तातोपानी क्षेत्र उच्च जोखिममा

बाह्रबिसे (सिन्धुपाल्चोक): पानीको बहाव कम भए पनि भोटेकोसीमा आएको बाढीका कारण नदीकिनारमा कटान नरोकिएपछि तातोपानी क्षेत्र जोखिममा परेको छ । बाढी कम भए पनि नदीले जमिन कटान गरेर राजमार्गछेउका घरमा क्षति हुने क्रम रोकिएको छैन ।

चीनतिरबाट आएको बाढीले नदीकिनारको जमिन कटान गर्न नरोकिएकाले नेपाल–चीन सीमा क्षेत्रको तातोपानी र आसपासका क्षेत्रका घरमा क्षति हुने क्रम रोकिएको छैन । मंगलबार मध्यरातबाट सुरु भएको बाढीले सीमा क्षेत्रमा मात्र ४० भन्दा बढी घर बगाइसकेको छ ।

जिल्ला दैवीप्रकोप उद्धार समितिको बिहीबार बसेको बैठकमा दिइएको जानकारीअनुसार बाढीले सीमा क्षेत्रको लिपिङ बजारमा २० परिवारका २१ वटा घर बगाइसकेको छ भने थप ३० वटा घर पनि बग्ने अवस्थामा पुगेका छन् । कोदारी बजारको होटेल इको र आसपासका घर पनि नदी कटानमा परेका छन् । तातोपानी बजारमा थप घर बग्ने अवस्थामा पुगेको सुरक्षा निकायको भनाइ उद्धृत गर्दै प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीले बताए । नदीको बहाव बजारतर्फ बढ्दै गएकाले थप क्षति हुनसक्ने अनुमान छ ।

स्थानीय चौकीडाँडामा आ श्रय लिइरहेका सर्वसाधारणलाई राजधानी पुर्‌याउने तयारी भइरहेको पनि दुवाडीले बताए । स्थानीय प्रशासनसमक्ष ५० जनाले राजधानीमा गएर बस्ने चाहना व्यक्त गरेका छन् । अन्यका लागि आवश्यकताअनुसार अस्थायी आवास र खाद्यान्नको व्यवस्था गर्ने समितिको निर्णय छ ।

बाढीका कारण गएको पहिरोले तार, पोल, ट्रान्सफर्मरलगायत बगाउँदा बाह्रबिसेमाथिका सबै गाउँमा बिजुली अवरुद्ध भएको छ । बिजुली बाल्न ५० भन्दा बढी पोल आवश्यक रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । जुरे पहिरोमा सडक मर्मत गरी बाह्रबिसेसम्म यातायात सञ्चालन गराइए पनि त्यसमाथिको क्षेत्रमा सडक तत्काल मर्मत गर्नसक्ने अवस्था छैन ।

क्षति न्यूनीकरण र यातायात सञ्चालन गराउन सम्बन्धित क्षेत्रका विज्ञको संलग्नतामा समिति गठन गरिएको छ । बाढीको त्रासले नदीकिनारका बासिन्दा सामान्य अवस्थामा फर्कन सकेका छैनन् । सर्वसाधारणमा त्रास कायमै रहे पनि बिस्तारै जनजीवन सामान्य हुने अवस्थामा रहेको इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक राजु पाण्डेले बताए ।

चीनको कुनै ठाउँमा भएको अविरल वर्षाका कारण मंगलबार राति बाढी आएको अनुमान गरिएको छ । लेदो बगेर आएका कारण चीनको कुनै ठाउँमा पहिरो गई केही समय नदी थुनिएर खुल्दा एक्कासि पानीको बहाव बढेको अनुमान गरिएको हो । विज्ञहरूले हिमताल पनि फुटेको हुनसक्ने अनुमान गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.