अमेरिकाको डलासमा फायरिङ, चार प्रहरीको मृत्यु

अमेरिकाको डलासमा फायरिङ, चार प्रहरीको मृत्यु

एजेन्सीः अमेरिकाको डलासमा प्रोटेस्ट र्‌याली भइरहेका बेला भएको गोली प्रहारबाट चार प्रहरीको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । दुई हमलाकारीले १० जना प्रहरीमाथि आक्रमण गरेका थिए ।

घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ । अर्का एक प्रहरीको शल्यक्रिया भएको छ । उनी खतरा मुक्त रहेको प्रहरी अधिकारीले जनाएका छन् ।

स्थानीय सञ्चारमाध्यमले प्रसारण गरेको समाचार अनुसार दुई आक्रमणकारीले आक्रमण गरेका थिए । ति मध्ये एकले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।

अर्का व्यक्तिको खोजीमा जुटेको डलास प्रहरी प्रमुख डेविड ब्राउनले बताएका छन् ।

आत्मसमर्पण गर्ने हमलाकारीका साथबाट बम विष्फोट गराउने एक डिभाइस पनि फेला परेको छ ।

डलासमा प्रहरीकै विरोधमा प्रोटेस्ट र्‌याली निकालिएको थियो । अघिल्लो हप्ता प्रहरीले एल्टन स्टलिंग तथा फिलाण्डो केस्टाइल नाम गरेका दुई व्यक्तिलाई गोली प्रहार गरेको थियो । गोली लागेका दुवैको मृत्यु भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.