चरा ठोक्किएर एयरबस ग्राउन्डेड

चरा ठोक्किएर एयरबस ग्राउन्डेड

काठमाडौं: राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको एयरबस ९ एनएकेएक्स (लुम्बिनी)मा बिहीबार बिहान चरा ठोक्किएर थन्किएको (ग्राउन्डेड भएको) छ । निगमको एक सय ५६ सिट क्षमताका दुईवटा एयरबस मध्येको एउटा जहाज थन्किएपछि निगमको उडानमा आंशिक प्रभाव पर्ने भएको छ ।

निगमको अन्तर्राष्ट्रिय उडानको यो जहाज ५६ जना यात्रु बोकेर हङकङ उडान गर्न लाग्दा त्रिभुवन विमानस्थलको धावनमार्गमा बिहान १० बजेर पाँच मिनेटमा चरासँग ठोक्किएको थियो । धावनमार्ग नछोड्दै चरासँग ठोक्किदा जहाजको दायाँ इन्जिनमा क्षति पुगेको निगमका प्रवक्ता रामहरि शर्माले जानकारी दिए । उनका अनुसार जहाज आवश्यक मर्मत गरेर उड्न करिब एक साताको समय लाग्ने अनुमान गरिएको छ । जहाजको इन्जिनमा पुगेको क्षतिको मूल्यांकन गर्ने र आवश्यक मर्मत गरेर उडान नगरेसम्म निगमको उडानमा आंशिक प्रभाव पर्ने भनाइ शर्माको छ ।

जहाजमा चरा ठोक्किएपछि दिल्लीबाट फर्किएको निगमकै अर्को सगरमाथा नामको एयरवसले सोही यात्रु लिएर हङ्कङ उडान गरेको पनि निगमले जानकारी दिएको छ । आठ जना चालकदलका सदस्यसहितको यो जहाज उड्नै नपाइ चरासँग ठोकिएकोले कुनै ठूलो नोक्सान नभएको र मानवीय त्रुटि नभएको पनि निगमकै भनाइ छ ।

निगमको अन्तर्राष्ट्रिय उडानको यो जहाज ५६ जना यात्रु बोकेर हङकङ उडान गर्न लाग्दा त्रिभुवन विमानस्थलको धावनमार्गमा बिहान १० बजेर पाँच मिनेटमा चरासँग ठोक्किएको थियो ।

निगम स्रोतले दिएको जानकारी अनुसार जहाजको दायाँतर्फको इन्जिनको दुईवटा फ्लाइङ प्लेटमा क्षति पुगेको छ । यस्तो प्लेट निगमकै अर्को अन्तर्राष्ट्रिय उडानको जहाज बोइङको एउटाकै करिब ४० लाख रुपैयाँ पर्छ । सोही अनुपातको मूल्यको लागतले पनि दुईवटा प्लेट परिवर्तन गर्न र आवश्यक मर्मतका लागि करिब एक करोड रुपैयाँ खर्च हुने अनुमान निगमको छ ।

निगमको एयरवसले मात्रै सातामा २२ वटा उडान गर्दै आएको छ । दुईवटा एयरवले भारतको दिल्लीमा मात्रै सातामा ११ वटा उडान गर्ने गरेको छ । एउटा जहाज थन्किएपछि उडान चाप पर्ने र अरु जहाजलाई पूर्ण क्षमतामा उपयोग गर्दा पनि कम्तीमा ३० प्रतिशतसम्म उडान प्रभावित हुनसक्ने निगमको भनाइ छ ।

 

एयरबसको यो जहाज छिटो गरेर उडान गर्ने तयारीमा निगम जुटिसकेको पनि जानकारी दिएको छ । निगमको अन्तर्राष्ट्रिय उडानमा अर्को दुईवटा एक सय ९० सिट क्षमताको बोइङ जहाज भए पनि एउटा बिग्रिएर बसेको छ भने एउटाले मात्रै उडान गरिररहेको छ । एउटा एयरबस थन्किएपछि निगमसँग अहिले बोइङ र एयरबसका एकएक जहाज मात्रै उडानमा रहने भएका छन् ।

विमानस्थल वरिपरि भएको फोहोरले चरा बढेको भन्दै विमानस्थले चरा नियन्त्रण गर्ने विभिन्न विधि अपनाउने बताउँदै आए पनि प्रभाविकारी भने हुन सकेको छैन । विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायका अनुसार विमानस्थको तीन किलोमिटर वरपर कुनै फोहोर र बधशाला हुनु हुँदैन । तर, वरिपरि वस्ती र मानवीय कमजोरीले चरा बढेको उनको बुझाइ छ ।

चरा थपाउन शिकारी राख्ने, साइनिङ राख्नेलगायतका विधि प्रयोग गरिरहेको भए पनि त्यो पर्याप्त पुगेको छैन । विमानस्थल कार्यालयले चराको मुभमेन्ट थाहा पाउन एभिएन राडान राख्ने तयारी गरिरहेको छ । बर्ड डिडेक्सन नामको यो राडार राखेपछि रनवे वा वरपर भएको चराको बारेमा जानकारी दिन सकिने र सुरक्षित उपाय अपनाउन सकिने बुझाइ उपाध्यायको छ । यो राडार आगामी आबमा जडान गरिसक्ने योजना छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.