अनाथालयलाई सोल्टीका कर्मचारीको सहयोग

अनाथालयलाई सोल्टीका कर्मचारीको सहयोग

काठमाडौं: नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियन सोल्टी क्राउन प्लाजाले अनाथालयलाई सहयोग गरेको छ।

मजदुर युनियनले आफ्नो ३७औं स्थापना दिवसको अवसरमा बिहीबार हाडीगाउँस्थित ढुंगेधाराको पारिजात बचेराबासमा पुगेर सहयोग हस्तान्तरण गरेको हो।

अनाथालयमा खाद्यान्न, फलफूल तथा तरकारी प्रदान गरेको युनियनले जनाएको छ।

अनाथालयलाई सोल्टी होटलका महाप्रबन्धक उपल मजुमदार, मानव संसाधन निर्देशक सर्जु रंजित र एलएसजी अनुराग देवानले व्यक्तिगत रूपमा ४५ हजार रुपैयाँ नगदसमेत सहयोग गरेका छन्।

सोल्टीकै कर्मचारी शर्मिला चित्रकारले सञ्चालन गरेको अनाथालयमा ४८ जना बालबालिका आश्रित छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.