रियल स्कुल अफ नेपालको क्षेत्रीय फाइनल

रियल स्कुल अफ नेपालको क्षेत्रीय फाइनल

काठमाडौं (अन्नपूर्ण): रियल स्कुल अफ नेपाल २०१६ अन्तर्गत छैटौं क्षेत्रीय फाइनल मध्यमाञ्चल नारायणघाटमा यही बिहीबार सम्पन्न भएको छ।

यस प्रतियोगिताबाट नारायणघाट क्षेत्रबाट सैनिक आवासीय महाविद्यालय विजयी घोषित भएको छ।

विजयी विद्यालयका सहभागी विद्यार्थीमा सुष्मा अधिकारी, सोफिया डल्लाकोटी, मनिस चौधरी, शिशिर श्रेष्ठ, क्रितिज्ञा थापा र बुद्धिमान गुरुङ रहेको आयोजकले जनाएको छ।

विजयी विद्यार्थीले काठमाडौंमा सम्पन्न हुने रियल स्कुल अफ नेपाल २०१६ को अन्तिम चरणको प्रतियोगितामा अन्य विजयी विद्यालयका विद्यार्थीसँग प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ।

त्यस्तै सिनियर समूहमा नारायणी इंग्लिस पब्लिक हाइयर सेकेन्डरी स्कुलबाट एक्सटेम्पोरमा सजिता न्यौपाने, डान्समा स्मल हेभनमोडल स्कुलबाट समीक्षा श्रेष्ठ र फुटबलमा सनराइज इंग्लिस स्कुलबाट आकाश आले विजयी भएका छन्।

जुनियर समूहअन्तर्गत पेन्टिङमा सैनिक आवासीय महाविद्यालयबाट क्रितिज्ञा थापा, थ्री मिनेट टु फेममा सैनिक आवासीय महाविद्यालयबाट शिशिर श्रेष्ठ र स्कोर द रियल गोलमा स्मल हेभन मोडल स्कुलबाट योगेश गुरुङ विजयी भएको आयोजकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.