म सबैकी गर्लफ्रेन्ड

म सबैकी गर्लफ्रेन्ड

विश्वकपकै हाराहारीमा चर्चा पाउने युरोकपले अहिले धेरैको निद्रा चोरिदिएको छ। त्यसमध्येकी एक हुन्, नायिका जेनिशा केसी।

सानैदेखि उनलाई मन पर्ने खेल हो फुटबल। विद्यार्थी जीवनदेखि कला क्षेत्रमा स्थापित भएपछि पनि उनले केही मैत्रीपूर्ण फुटबल खेलेकी छन्।

जारी युरोकपमा उनी पोर्चुगलको पक्षमा छिन्। फुटबल खेल्नभन्दा हेर्न मन पराउने उनी भन्छिन, ‘म रोनाल्डोको फ्यान भएकाले पोर्चुगलले जिते हुन्थ्यो भन्ने छ।'

नेपाली चलचित्रमा नायिका जेनिशा केसीको छवि पनि ‘स्पोर्टी' र ‘बोल्ड' छ। उनी आफ्नो यो छविप्रति गौरव गर्छिन्। ‘मेरो फेस अन्य नायिकाजस्तो इनोसेन्ट देखिँदैन।

आउट लुक, बढी स्ट्रक्चर नै स्पोर्टी, बोल्ड र आकर्षक देखिन्छ भन्छन्। मलाई यसमा गौरव लाग्छ', जेनिशा भन्छिन्, ‘अहिले पनि मलाई दर्शकले त्यसरी नै स्वीकारेको छ।'

लगभग पाँच वर्षअघि चलचित्र गिरफ्तारबाट रजतपटमा डेब्यु गरेकी जेनिशाका प्रारम्भिक दिन निकै सुखद रहे। त्यसताका एक्सन हिरोका रूपमा स्थापित विराट भट्ट र जेनिशाको केमेस्ट्री रुचाइएको थियो। उनीहरूको सम्बन्धको चर्चा पनि त्यत्तिकै भयो।

संयोग नै भनौं, विराज भोजपुरी चलचित्रतिर लागेपछि जेनिशा पर्दामा अलि सुस्ताइन्। ‘त्यस बेला विराज र मेरो केमेस्ट्री देखेर निर्माता निर्देशक हामीलाई लिन बाध्य थिए।

हाम्रो बारेमा अनेक कुरा आयो तर हामी परिवारजस्तो साथीमात्र हौं', जेनिशा भन्छिन्, ‘उहाँ भोजपुरी चलचित्रतिर लाग्नुभयो, म सेलेक्टेड चलचित्रमात्रै गर्न थालेँ।'

अभिनयमा लागेपछि विभिन्न व्यक्तिसँग उनको नाम नजोडिएको होइन तर ती सबै सत्य नभएको उनको दाबी छ। ‘नभएका कुरा सञ्चारमाध्यममा आउँदा सारै चित्त दुख्छ तर आफू भलो त जगत् भलो भनेर चित्त बुझाउँछु', उनी प्रस्ट्याउँछिन्। हरेक व्यक्तिको निजी जीवन हुने भएकाले त्यसमा कसैले हस्तक्षेप गर्न नहुने उनको तर्क छ।

विराटनगरमा जन्मेकी उनी काठमाडौंमा हुर्केकी हुन्। शिक्षा विषयमा स्नातक उनको लक्ष्य सम्पूर्ण नेपालीको मनमा बसिरहने सफल नायिका बन्ने छ।

‘सानैदेखि मेरो सपना नायिका बन्ने थियो। मेरो चाहनामा परिवारले साथ दिएकाले अहिले यो स्थानसम्म आइपुगेकी हुँ', उनी भन्छिन्, ‘यो त सुरुआतमात्रै हो। सिक्न, गर्न धेरै बाँकी छ।'

गिरफ्तारपछि दोस्ती, नसिप आफ्नो, आधी बाटो, एक्सनजस्ता चलचित्रमा अभिनय गरेकी जेनिशाको पछिल्लो चलचित्र एक पल साउन २१ गते रिलिज हुँदैछ। यस चलचित्रबाट उनले निकै अपेक्षा गरेकी छन्।

‘पाँच वर्षको अवधिमा धेरै कुरा सिक्ने अवसर पाएँ। यसबीचमा कति कुरा जानेर गरियो त कति अन्जानमै भए', जेनिशा स्मरण गर्छिन्, ‘अहिले आफूभित्र धेरै परिवर्तन पाएकी छु। परिपक्व हुँदै आएकी छु।'

फेसबुकमा जेनिशालाई प्रेम एवं विवाहको प्रस्ताव राख्नेहरू सैयौं छन्। ‘एउटै इनबक्समा ५०-६० मेसेज आएको हुन्छ। अधिकांश म्यासेजमा प्रेम, विवाहको प्रस्तावदेखि हामी साथी बनौं भन्ने नै हुन्छ', जेनिशा भन्छिन्, ‘तर म फेसबुकमार्फत आएको प्रस्ताव स्वीकारेर कसैको गर्लफ्रेन्ड हुन चाहन्नँ।

म सबै दर्शककी गर्लफ्रेन्ड हुँ। सबैको प्रिय हुने काम गर्न चाहन्छु।' फेसबुकमा प्रेम र विवाहका प्रस्तावभन्दा अभिनयमा आफ्नो कमीकमजोरी औंल्याइदिन उनको आग्रह छ। आफू कसैको प्रेममा रहे पनि अहिले करिअर र फ्युचरमा केन्द्रित भएको उनको भनाइ छ।

विवाहको योजना नभए पनि घरपरिवारले विवाह गरे हुन्थ्यो भन्ने चाहेका छन्। ‘राम्रो घरानाका असल केटा माग्न आउँदा विवाह गरे हुन्थ्यो भन्ने आमाबुवाको चाहना स्वाभाविक हो', विवाहबारे उनी भन्छिन्, ‘कुनै न कुनै समयमा विवाह त गर्छु तर अहिले मलाई विवाह गर्ने उमेर भएजस्तै लाग्दैन।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.