बाढी पहिरोले ४७ को मृत्यु, १६ बेपत्ता

बाढी पहिरोले ४७ को मृत्यु, १६ बेपत्ता

काठमाडौँ: गृहमन्त्री शक्तिबहादुर बस्नेतले गत वैशाख यता मुलुकका विभिन्न भागमा भएका बाढी पहिरोका घटनामा परी ४७ जनाको मृत्यु हुनुका साथै १६ जना बेपत्ता भएको जानकारी गराएका छन्।

व्यवस्थापिका–संसद्को शुक्रबारको बैठकमा सार्वजनिक महत्वको विषयमा जानकारी गराउने क्रममा उनले यो अवधिमा भएका एक सय २१ वटा बाढी पहिरोका घटनामा परेर ५७ जना घाइते भएको बताए ।

बाढी पहिरोबाट एक सय ३८ घर पूर्ण क्षति हुनुका साथै एक सय ६० मा आंशिक क्षति पुगेको समेत उनले जानकारी गराए।

बाढी पहिरोबाट खासगरी सिन्धुपाल्चोक, नुवाकोट, गोर्खा, सल्यान, लमजुङ, रोल्पा, धादिङ, बाग्लुङ, सिन्धुली, गुल्मी, बाजुरा, चितवन, मोरङ, दाङलगायतका जिल्ला प्रभावित भएको गृहमन्त्री बस्नेतले जानकारी दिए ।

अरनिको राजमार्गमा चार किलोमिटर, दार्चुला, कर्णाली, पासाङ राजमार्ग बाढी पहिरोका कारण अवरुद्ध भएकामा सडक विभाग र सुरक्षा फौजको सक्रियतामा तत्कालै खुलाउने प्रयास भइरहेको बताउँदै उनले भूउपयोग नीतिलाई योजनाबद्ध रुपमा अघि बढाउन आवश्यक रहेको धारणा व्यक्त गरे।

उनले विभिन्न स्थानमा भएको अतिवृष्टि र खण्डवृष्टिले पनि बाढी पहिरोका घटना वृद्धिले मानवीय र धनको क्षति हुन पुगेको धारणा व्यक्त गरे।

चट्याङबाट मुलुकभर भएको जनधनको क्षतिको विवरण प्रस्तुत गर्दै गृहमन्त्री बस्नेतले ललितपुरको टौखेलमा पर्खाल भत्किँदा बालबालिकाको मृत्यु भएको घटनाबारे पनि सदनलाई जानकारी गराए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.