बग्दादमा आत्मघाती हमला, २० को मृत्यु

बग्दादमा आत्मघाती हमला, २० को मृत्यु

बग्दादः मध्य बग्दादमा शुक्रबार भएका बम हमलाहरुमा परी कम्तीमा पनि २० जनाको ज्यान गएको छ।

मध्य इराकी जिल्ला सलाउद्दिनमा शुक्रबार भएको आत्मघाती बम हमलामा २० जनाको ज्यान गएको अन्तराष्ट्रिय सञ्चार माध्ययमले जनाएका छन्।

बग्दाद नजिकैको एक मस्जिदमा प्रार्थनाका लागि जम्मा भएका सिया मुस्लिम समुदायाका नागरिकमाथि लक्ष्यगरी सो आत्मघाती बम हानिएको थियो। त्यसमा परी २० जनाको ज्यान गएको छ भने अरु ७० जना घाइते भएका छन्।

मारिनेमा उक्त मस्जिदमा प्रार्थनाका लागि गएका सर्वसाधारण नागरिक परेका छन्। शुक्रबार बिहानै उक्त मस्जिदमा सो हमला भएको थियो।

हमलामा परी ठूलो सङ्ख्याका नागटरक घाइते भएका र वरपरका पसल एवम् घरमा बसेका नागरिक पनि घाइते भएका बताइएको छ।

बग्दाद नजिकैको सलाउद्दिन भन्ने ठाउमा रहेको मस्जिदमा सो हमला भएको थियो।

शुक्रबार मुस्लिम समुदायले रमादान महिनाको ब्रत सकेपछिको यस समयमा सो हमला भएको छ।

आक्रमण गरिएको सिया मुस्लिम समुदायका नागरिकको मस्जिद हो। उक्त मस्जिदमा यसअघि पनि गतवर्ष यस्तै आत्मघाती आक्रमण भएको थियो।

आक्रमणको जिम्मेवारी कसैले पनि लिएको छैन। तर पनि यस्तो प्रकारको हमला यसअघि पनि लामो समयदेखि उक्त क्षेत्रमा आइएसले गर्दै आएको छ।

त्यस्तै, यस हमालमा आइएसको हात हुनसक्ने पनि अनुमान गरिएको प्रहरीले जनाएको छ। जसका कारण पछिल्लो समयमा इराकमा ठूलो जनधनको क्षति हुन पुगेको छ।

इराकमा हालैमात्र पनि यस्तो हमला भएको थियो। उक्त हमलामा परी दुई सय ५० जनाभन्दा पनि बढी नागरिकको ज्यान गएको थियो। यस हत्याकाण्डपछि इराकमा सरकारले तीन दिनसम्म शोकको घोषणा गरिएको थियो। एजेन्सी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.