भरपर्दो पत्नी वियोन्स

भरपर्दो पत्नी वियोन्स

हलिउड सेलिब्रेटीको दाम्पत्य जीवन सुखद र दीर्घकालीन भएका उदाहरण एकदमै कम छ। बिन्दास जीवनशैली, रोमान्स अनि सम्पन्नताका कारण उनीहरूको जीवनले कतिखेर कुन मोड लिन्छ भन्न सकिन्न।

साथमा रहुन्जेल प्रशंसा गर्ने, मोजमस्तीमा रमाउने अनि अलग भएपछि कत्ति पनि महत्व नदिने प्रवृत्ति हलिउडको विशेषता नै बनेको छ। तर यो मामिलामा परिपक्व, विश्वसनीय र भरपर्दो पत्नीका रूपमा आफूलाई स्थापित गर्न सफल भएकी छन् विश्वविख्यात गायिका वियोन्स।

अमेरिकाको टेक्सासमा जन्मिएकी वियोन्सको पूरा नाम वियोन्स जिसेले नोलेस हो। विश्वबजारमा भने उनी वियोन्सका नामले परिचित छिन्। गायिका, गीतकार, नृत्यकार, अभिनय, निर्मात्री एवं व्यवसायीका रूपमा परिचित उनी बहुप्रतिभाशाली महिलाका रूपमा स्थापित हुन सफल भएकी छन्। ३४ वर्षीया वियोन्सले सन् २००८ मा र्‍यापर ज जेडसँग विवाह गरी एक सन्तानलाई जन्म दिइसकेकी छन्।

हलिउडका अन्य सेलिब्रेटीको तुलनामा उनी कम विवादित मानिन्छिन्। अन्य सेलिब्रेटीको जस्तो उनको धेरै व्यक्तिसँग नाम पनि जोडिएको छैन। केही समयअघि वियोन्स दम्पतीको सम्बन्ध बिग्रिएको चर्चा भाइरल भयो। तर, त्यसलाई गलत साबित गर्दै उनीहरूले सञ्चारमाध्यम, सामाजिक सञ्जालमा छाएका सबै कुरा सत्य हुँदैनन् भन्ने प्रमाणित गरिदिएका छन्।

 

अहिले विश्वसंगीत यात्राका क्रममा रहेकी वियोन्सले पति जे जेडका साथमा हवाईस्थित समुद्री किनारा रोमान्टिक समय बिताएकी छन्। सम्बन्ध बिग्रिएको अनावश्यक चर्चा चलेपछि केही समयअघि उनीहरूले 'डिनर डेट' गरी आफूहरू प्रगाढ सम्बन्धमा रहेको स्पष्ट सन्देश दिएका थिए। डिनर डेटमा उनीहरूले तीन घन्टा बिताएका थिए।

वियोन्सको नयाँ एल्बम 'लेमोनेड'को विश्वमा निकै चर्चा भएको छ। पत्नीको एल्बमलाई जे जेडले पनि 'साँच्चिकै प्रशंसनीय' भनेर वियोन्सलाई हौसला दिएका छन्। ४६ वर्षीया र्यापर जेडले सेलिब्रेटीहरूको एकअर्कामा नाम जोडिनु, विवादमा आउनु सामान्य भएको प्रतिक्रिया दिँदै सम्बन्धलाई स्वस्थ र दीर्घकालीन बनाउन आवश्यक रहेको बताएका छन्।

पति जेडको यो अभिव्यक्तिको प्रशंसा गर्दै वियोन्सले पनि दाम्पत्य जीवन सफल र सदाबहार बनाउने केही उपाय बाँडेकी छन्। उनले दाम्पत्य जीवनमा एकअर्कालाई विश्वास गर्नुपर्ने, सल्लाह मान्नुपर्ने, प्रशंसा गर्न कञ्जुस्याइँ गर्न नहुने, परामर्श गर्नुपर्ने अनि खुला र पारदर्शी सम्बन्ध कायम गर्न सके दाम्पत्य जीवन सधैं सुमधुर हुने अनुभव बाँडेकी छन्।

संसारमै प्रभावकारी दम्पतीका रूपमा चिनिएका यो जोडीको अनुभव निकै व्यावहारिक रहेकाले अहिले उनीहरूको प्रशंसा पनि भएको छ। एजेन्सी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.