नेपालको राजनीतिको साँचो नयाँदिल्लीमा छैनः जोली

नेपालको राजनीतिको साँचो नयाँदिल्लीमा छैनः जोली

काठमाडौँ: भारतीय जनता पार्टीका नेता विजय जोलीले नेपालमा कायम रहेको राजनीतिक गतिरोध अन्त्यको साँचो नयाँदिल्लीमा नभएको बताएका छन्।

शुक्रबार रिपोटर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै जोलीले भने, ‘नेपालको राजनीतिक गतिरोधको अन्त्य गर्ने साँचो नयाँ दिल्लीमा छैन्।'

जोलीले नेपालको संविधान नेपालीले नै बनाएको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा गतिरोध पनि नेपाली नागरिकले नै गर्ने बताए।

‘मधेसीले सीमानाकामा धर्ना गरेकोले आपूर्ति हुन नसकेको हो। यसकै आधारमा नेपालको आन्दोलनमा भारतको हात छ भन्नु गलत हो। नेपालको गतिरोधको साँचो दिल्लीमा होइन काठमाडौँमै खोज्नु पर्छ,' जोलीले भने।
उनले नेपाल र भारत सम्बन्धमा राजनीतिक एवम् कुटनीतिक स्तरमा कुनै गतिरोध नभएको प्रष्ट पार्दै नेपालमा भारतको विपक्षमा भएका आरोप भ्रामक भएको बताए।

‘भारत स्थिर, बलियो, आत्मनिर्भर, प्रगतिशिल र शान्तिपूर्ण नेपाल चाहन्छ,' जोलीले भने, ‘नेपाललाई पीडा हुँदा नयाँ दिल्लीमा हामीलाई पनि दुख्छ।'

उनले नेपालको आर्थिक, शैक्षिक, जलस्रोतलगायतका क्षेत्रको विकास भारतीय प्रधानमन्त्रीको चाहना भएको बताए। उनले भने, ‘नेपाल र भारतको बीचमा कुनै राजनीतिक कुटनीतिक गतिरोध छैन, सम्बन्ध अहिले विकास तिर अघि बढिराखेको  छ।'
 
उनले नेपाल र भारतका प्रबुद्ध समूहको बैठकले दुई देशबीचको सम्बन्धमा एउटा उचाई थपेको समेत बताए।

उनले भने,‘पहाड, मधेस जहाँ बसेपनि पहिला उनीहरु नेपाली हुन भन्ने हामी मान्छौँ, त्यसैले नेपालको समस्या नेपालीले नै हल गर्नुपर्छ।' जोलीले भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने कुरामा विश्वास नगर्ने बताए।

नेपालमा कुन धर्म अपनाउने भन्ने कुरा नेपाली जनताको निर्णय हुनु पर्ने भन्दै उनले  भारतीय हिन्दू भएको नाताले नेपाली हिन्दूसँग मन र हात मिलाएर अघि बढ्न पाउँदा खुसी लाग्ने बताए।

उनले भने,‘ मलाई हिन्दू हुनुमा गर्व छ। नेपालमा पनि ९० प्रतिसत हिन्दू छन्। तर यहाँ कुन धर्म अपनाउने भन्ने कुरा नेपाली जनताको निर्णयले गर्ने कुरा हो।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.