प्रधानमन्त्री ओली र प्रचण्डबीच घन्टौँ गोप्य वार्ता

प्रधानमन्त्री ओली र प्रचण्डबीच घन्टौँ गोप्य वार्ता

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच दुई घन्टा गोप्य वार्ता भएको छ ।

शुक्रबार दिउँसो र साँझ गरेर प्रचण्ड दुई पटक बालुवाटार पुगेका थिए ।

ओली र प्रचण्डको भेटमा यही सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए ।

दाहालले भने, ‘शुक्रबार साँझको भेटमा मंसिरसम्म यही सरकार कायम राख्ने विषयमा छलफल भएको छ ।’

गोप्य स्रोतले ओली र प्रचण्डबीच घन्टौँ छलफल भएको जानकारी दिएको भए पनि दाहालले भने त्यसको जवाफ दिन चाहेनन् । कति समय कुराकानी भयो भन्ने अन्नपूर्णको प्रश्नमा दाहालले भने, ‘समय ठूलो कुरा होइन । उहाँहरुबीच दैनिक भेटघाट भइराखेको छ ।’

प्रचण्ड र ओलीबीच शुक्रबार मात्र पटकपटक भेटवार्ता भएको भए पनि दाहालले भने साँझ एक पटकमात्र भेटवार्ता भएको दाबी गरे । ‘साँझ प्रधानमन्त्रीसँग भेट भएको हो,’ दाहालले भने ।

भेटमा प्रचण्डले माओवादी केन्द्र वर्तमान गठबन्धनको सरकारको विपक्षमा जान नसक्ने विषय जानकारी गराएको समेत दाहालले जानकारी दिए ।

प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल भए पनि छलफलका बारे कतै पनि जानकारी दिइएको छैन् । प्रचण्डले प्रधानमन्त्रीलाई माओवादीले सरकार विरुद्ध कुनै निर्णय नगरेको जानकारी समेत गराएका छन् ।
प्रचण्ड र ओलीबीचको गोप्य वार्तामा यो गठबन्धनमा अन्य दललाई कसरी ल्याउने भन्ने विषयमा गम्भीर छलफल भएको छ ।





प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.