'जनयुद्ध जत्तिकै जटिल बजार अनुगमन'

'जनयुद्ध जत्तिकै जटिल बजार अनुगमन'

काठमाडौँ: आपूर्ती मन्त्री गणेशमान पुनले बजारको बेथिती अन्त्य गर्न जनयुद्ध लड्नु जत्तिकै जटिल भएको बताएका छन्।

शनिबार रिपोटर्स क्लबको साक्षात्कारमा बोल्दै मन्त्री पुनले भने, ‘बजारमा देखिएको बेथिती, अनुगमन र कारबाही जनयुद्ध लड्नु जत्तिकै जटिल भएको महसुस गरेको छु।'

पुनले जनयुद्ध कठिन भए पनि सफल भएको सम्झना गर्दै बजार अनुगमनलाई समेत अब जनयुद्ध जस्तै अघि बढाउने बताए । उनले भने, ‘कुनै पनि कामका दुई आयाम हुन्छन्। जनयुद्ध जटिल थियो, बजार अनुगमन पनि जटिल छ। यो पनि जनयुद्ध हो।'

मन्त्री पुनले राजधानीमा भएको बजार अनुगमनलाई देशभर पुर्याउने घोषणा समेत गरे। उनले बजार अनुगमन नगर्ने कर्मचारीमाथि समेत कारबाही गर्ने चेतावनी दिए।

पुनले जिल्ला-जिल्लामा बजार अनुगमन हुने बताउदै भने, ‘अब जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको अनुगमन समितिलाई सक्रिय बनाएर देशै भरी एकैपटक अनुगमन कार्य हुन्छ।'

पुनले अनुगमन नगर्नेलाई समेत कारबाही गर्ने चेतावनी दिए। ‘अनुगमनका क्रममा गैरकानूनी काम गर्नेलाई पनि कारबाही हुन्छ, अनुगमन नगर्नेलाई पनि कारबाही हुन्छ,' पुनले भने।

मन्त्री पुनले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यास सामान्य अवस्था भन्दा बढी आयात गरिएकाले समान्य भइसकेको भन्दै राजधानीमा तत्काल देखिएको अभाव विदाको दिनमा पनि वितरण गर्ने व्यवस्था मिलाएर सहज बनाउन लागिएको बताए।

उनले भने, ‘अब पेट्रोलियम पदार्थको कृतिम अभावको विषयमा पनि अनुगमन सुरु गर्छौ।'

पुनले संविधानको कार्यान्वयन, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने, भूकम्पपछिको पुनर्निर्माण र आर्थिक विकासको एजेण्डालाई सम्बोधन गर्न राष्ट्रिय सहमतिको आवश्यकता रहेकोमा जोड दिए।

उनले भने, ‘अहिले को व्यक्तिकोे नेतृत्मा राष्ट्रिय सहमति भन्दा पनि राष्ट्रिय सहमतिको कुरा महत्वपूर्ण छ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.