अफ्रिकाको बाख्रा नेपालमा

अफ्रिकाको बाख्रा नेपालमा

भद्रपुरः जिल्ला पशुसेवा कार्यालय झापाले चालु आर्थिक वर्षमा जिल्लाभरिमा युवा लक्षित कार्यक्रम अन्तर्गत  ६७ लाख अनुदान वितरण गरेको छ ।

पशुपालन, बाख्रापालन, बङ्गुरपालन र पशुपक्षी बजार प्रवद्र्धन गर्न सो अनुदान वितरण गरिएको हो । एक फर्मलाई दुई लाखदेखि तीन लाखसम्म अनुदान दिइएको र तिनको सदुपयोग भएको पशुसेवा सेवा कार्यालयका प्रमुख डा माधव दाहालको नेतृत्वमा शनिबार गरिएको अनुगमन तथा निरीक्षणबाट देखिएको हो ।

अनुगमनमा सहायक प्रजिअ गोविन्द सापकोटा, प्रमुख वन अधिकृत बोधराज सुवेदी, कोष अधिकृत दिनेश पोखरेल, वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमल्सेना, महिला विकास अधिकृत इन्दिरा ओझा, पशुसेवा कार्यालयका डा कुमार खत्री लगायत थिए ।

अनुगमनका क्रममा झापा गोलधाप गाविसस्थित स्थानीय युवा गणेश पराजुलीद्वारा सञ्चालित प्रगति बोयर बाख्रापालन फार्ममा दक्षिण अफ्रिकाबाट सात लाख नौ हजार खर्च गरेर ल्याइएका दुई थान बोयर बाख्र्रा भेटिएका छन् ।

दैनिक ३०० देखि ४०० ग्राम तौल बढ्ने सो बोयर बाख्रा नेपालमा कहीँ पनि नभएकाले विदेशबाट मगाएको पराजुलीले जानकारी दिए ।

उनका अनुसार लगभग दुई महिना पहिले ल्याइएका ती बाख्रालाई यहाँ अनुकूल वातावरण नभए पनि बिस्तारै अनुकूल हुँदै गएको र यसबाट उत्पादन लागत र समय कम खर्च हुने तर उत्पादन बढी भई प्रशस्त आम्दानी गर्न सकिने छ ।

यसैगरी, गरामनीस्थित सहारा कृषि परियोजनाले पशु विकास डेरी प्रवद्र्धनका लागि जिल्ला पशुसेवा कार्यालयबाट रु तीन लाख अनुदान पाउनुभएका परियोजना सञ्चालक लक्ष्मीप्रसाद सिटौला गाईपालनबाट प्रशस्त आम्दानी गर्न सफल हुनुभएको छ ।

दैनिक २२५ लि दुग्ध उत्पादन हुने सो परियोजनामा दूध दुहुने यन्त्र खरिद गर्न पशु उत्पादन निर्देशनालयबाट ९० हजार थप अनुदान प्राप्त भएको थियो ।

पाँच जनाले प्रत्यक्ष रुपमा रोजगार पाएको सो परियोजनालाई अझ व्यावसायिक एवम् सुदृढ बनाइने सिटौलाको भनाइ छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.