सांसदलाई प्रधानमन्त्रीले ताली बजाउन सम्झाएपछि...

सांसदलाई प्रधानमन्त्रीले ताली बजाउन सम्झाएपछि...

काठमाडौँ: बजेटका विषयमा सांसदले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदलाई ताली बजाउन सम्झाएका छन्।  
लामो समय जवाफ दिदा समेत सांसदले ताली नबजाएपछि प्रधानमन्त्री ओलीले भने, ‘ताली पनि बजाउनु हुन्न !'


ओलीको यो बोली सुन्नेबित्तिकै ताली बजाउदै सांसद हाँसेपछि फेरी ओलीले भने, ‘होइन मैले मान्यज्यूलाई सम्झाएको मात्र हो।'

जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले संसदले बजेटप्रति गरेको अभुतपूर्व विश्वास सही भएको बताए। ओलीले भने, ‘बजेटप्रति मान्यज्यूहरुले गर्नुभएको अभुतपूर्व विश्वास सही छ।'

प्रधानमन्त्रीले प्रश्न राख्ने सांसदलाई धन्यवाद समेत दिए। ओलीले भने, ‘यो बजेट नेपालको विकासका निम्ति आएको बजेट हो। यो सरकारको मात्र होइन, पक्ष र प्रतिपक्ष सबैको बजेट हो।'

बजेट राष्ट्र निर्माणका लागि सबै पक्षलाई समेटेर बनाइएको समेत प्रधानमन्त्री ओलीले बताए। ‘हामीले बजेटलाई राष्ट्र निर्माणका लागि हाम्रा विकासका प्रयासका विभिन्न पक्षमा ध्यान पुर्याएर प्रस्तुत गरेका छौँ, ' ओलीले भने।

‘नीति तथा कार्यक्रम र बजेट राष्ट्र विकासको प्रस्थानबिन्दु'
प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रम र बजेटलाई राष्ट्र विकास प्रयासको प्रस्थान बिन्दुका रुपमा अगाडि बढाइने समेत बताएका छन्।

शनिबार प्रधानमन्त्री ओलीले व्यवस्थापिका-संसद्को विनियोजन विधेयक, २०७३ अन्तर्गत सहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपति एवम् उपराष्ट्रपति कार्यालयसँग सम्बन्धित प्रश्नहरुको जवाफ दिने क्रममा विकास निर्माणको प्रयासमा सरकारले अगाडि बढाएका कार्यक्रमहरु प्रभावकारी रुपमा अगाडि बढ्नेमा विश्वास व्यक्त गरे।

व्यावहारिक जटिलता हटाउँदै आधुनिक सहरीकरणका काम सम्पन्न गर्ने चुनौती सामना गर्दै सरकार अघि बढ्ने समेत ओलीले बताए।

जनसङ्ख्या र विकास प्रयासलाई सन्तुलित बनाउन सरकारले बजेटमार्फत जोड दिएको भन्दै उनले बजेट असन्तुलित नभएको बताए।

प्रधानमन्त्री ओलीले जनहितका कामलाई पनि सरकारले उत्तिकै प्राथमिकताका साथ ध्यान दिएको र आगामी दिनमा थप प्रभावकारी रुपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले राष्ट्रिय गौरवका आयोजनालाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्न बजेटमात्र नभई निर्माण सामग्री पनि सहजरुपमा उपलब्ध गराउन सरकार लागेको स्पष्ट पारे।

विकासको गति बढाउन बजेटले विशेष प्राथमिकता, गरिब, विपन्न र सीमान्तकृत वर्गलाई आवासको व्यवस्थाका लागि आगामी वर्ष २० हजार आवास बनाउने योजना समेटिएको जानकारी दिँदै प्रधानमन्त्रीले सांसदका सुझाव, सल्लाह र सहयोगमा विकास आयोजना अघि बढाइने स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले  हुलाकी मार्ग निर्माण, थप १० वटा सहर बनाउने, लगानी वृद्धिको व्यवस्था, एक सहर एक पहिचान, उत्पादन वृद्धि, आर्थिक क्रियाकलाप बढाउन सहरको पहिचानअनुरुपको व्यवस्था सहरी विकास मन्त्रालयको बजेटमा समावेश गरिएको बताए।

उनले पुनःनिर्माण प्राधिकरणसँग सहकार्य गर्दै एकीकृत, आधुनिक एवम् सुरक्षित बस्ती विकासका कार्यक्रम सञ्चालन हुने जानकारी समेत दिए।

वार्ताको माध्यमबाट तराई मधेसका समस्या समाधान गर्नुपर्छ भन्नेमा सरकार दृढ रहेको भन्दै उनले मुलुकको सर्वोपरी हितलाई केन्द्रमा राखेर आफूले दुईपटक औपचारिकपत्र पठाएको र अनौपचारिक रुपमा निरन्तर संवाद गरिरहेको बताए। सहमतिको माध्यमबाटै आन्दोलनरत पक्षसँग निष्कर्षमा पुग्न सरकारले भरमग्दुर प्रयास गरिरहेको उनको कथन छ।

राष्ट्रिय योजना आयोगले चौधौँ योजना स्वीकृत गरेको, आयोगको प्रभावकारिता र गरिमा बढाउन कटिबद्ध रहेको, राष्ट्रपति एवम् उपराष्ट्रपतिको कार्यालय सञ्चालन गर्न विनियोजन गरिएको बजेट आवश्यकतानुसार भएको भन्दै उनले विषयको गाम्भीर्य र महत्वलाई बुझेर सबै सांसद संवेदनशील हुनुपर्नेमा जोड दिए।

प्रधानमन्त्रीसँग सांसद नारायणबहादुर कार्की, हरिप्रसाद नेपाल, अमरसिंह पुन, भरतबहादुर खड्का, रामकृष्ण यादव, डिल्लीप्रसाद काफ्ले, चन्द्र महर्जन, मानपुर चौधरी, प्रेम सुवाल, मेषकुमारी राउत, रामनारायण बिडारी, यज्ञबहादुर थापा, राज्यलक्ष्मी श्रेष्ठ, प्रकाश शर्मा पौडेल, जानकीकुमारी साउद, रामदेव मानन्धर, डा सुबोधकुमार पोखरेलले जवाफ माग गरेका थिए। राससको सहयोगमा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.