उत्तर कोरियाद्वारा अर्को क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाद्वारा अर्को क्षेप्यास्त्र परीक्षण

सोलः उत्तर कोरियाले शनिबार एक पनडुब्बी क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाले जनाएको छ।

उत्तर कोरियाले समुद्रको पूर्वी तटीय क्षेत्रमा पर्नेगरी शनिबार बिहान गरेको यस क्षेप्यास्त्र परीक्षणको दक्षिण कोरियाले निन्दा गरेको समाचारमा जनाइएको छ।

दक्षिण कोरियाको रक्षामन्त्रालयले शनिबार गरेको यस्तो खालको परीक्षण पानीमा मारहान्ने खालको हो। तर यो पनि क्षेप्यास्त्र नै भएको दक्षिण कोरियाले जनाएको छ।

यसअघि अमेरिका र दक्षिण कोरियाले बारम्बार क्षेप्यास्त्र परीक्षण गर्ने गरेको समुद्रको पूर्वी तटीय क्षेत्रमा प्रतिरक्षात्मक प्रयोजनका लागि भन्दै संयुक्त सुरक्षा प्रणाली राख्ने बताएका थिए।

यी दुई देशको सो घोषणाको दुई दिनपछि उत्तर कोरियाले नै यो क्षेप्यास्त्र हानेको समाचारमा जनाइएको छ।

यसरी बारम्बार गर्ने गरेको परीक्षणले संयुक्त राष्ट्रसंघीय शान्ति तथा निशस्त्रीकरणसम्बन्धी कानुनको उल्लङ्घन गरेको भन्दै त्यसको दक्षिणले भने त्यसको निन्दा गरेको छ।

शनिबार बिहान उत्तर कोरियाको पूर्वी तटीय क्षेत्रबाट सो क्षेप्यास्त्र फालिएको र सो परीक्षण राष्ट्रसंघीय कानुनको विपरीत भएको बताइएको हो।

दक्षिण कोरियाको रक्षामन्त्रालयका एकजना अधिकारीले दिएको जानकारीअनुसार सो परीक्षणका लागि उसले केही दिनयतादेखि गोप्य तवरबाट तयारी गरिरहेको थियो।

सो सूचनाका आधारमा दक्षिण कोरियाले उक्त परीक्षणको अवस्थाको बारेमा अध्ययन गरेको थियो। अध्ययनका क्रममा उसले उक्त क्षेप्यास्त्र समुद्री तटीय क्षेत्रलाई केन्द्र बनाएर छोडेको पाइएको र यसको परीक्षणको कुनै सूचना प्राप्त नभएको बताएको छ।

पछिल्लो समयमा जारी राखेको आणविक परीक्षणका कारण दक्षिण कोरिया तथा अमेरिकाले उसमाथि नाकाबन्दी लगाएका छन्। संयुक्त राज्य अमेरिकाले पनि उत्तर कोरियाका विरुद्धमा नाकाबन्दी लगाएको छ।

दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका तथा संयुक्त राष्ट्रसंघले बारम्बार आग्रह गर्दापनि उसले आणविक परीक्षणको काम नरोक्नु उत्तर कोरियाको हठ स्वाभाव भईसकेको बताउने गरिएको छ।

शनिबार बिहान गरिएको भनिएको यस क्षेप्यास्त्रको प्रयोगका बारेमा भने उत्तर कोरियाले कुनै प्रतिक्रिया दिएको छैन।

दक्षिणले भने बारम्बार उत्तर कोरियाले आफूखुसी गर्दै आएको यस्तो परीक्षणका विरुद्धमा उसमाथि कानुनी कारबाही गर्नुपर्ने बताउदै आएको छ। एजेन्सी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.