कश्मिर झडपमा चार जनाको मृत्यु, साठी घाइते

कश्मिर झडपमा चार जनाको मृत्यु, साठी घाइते

श्रीगनरः हिज्बुल मुजाहिद्दिनका कमाण्डर बुरहान बानीलाई शुक्रबार मारिएको विरोधमा भारत प्रशासित कश्मिरमा शनिबार स्थानीय प्रदर्शनकारीले सरकारद्वारा घोषणा गरिएको निशेधाज्ञा तोड्दै प्रदर्शन गरेका छन् ।

प्रदर्शनका क्रममा कम्तिमा चार जना प्रदर्शनकारीको मृत्यु भएको छ भने ६० जना भन्दा बढी घाइते भएका स्थानीय अधिकारीले बताएका छन् ।

प्रशासनद्वारा चलाइएको गोली लागी चार जनाको मृत्यु भएको छ भने करिब ६० जना घाइते भएका, आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा स्थानीय अनन्तनाग सहरको एक अस्पतालका कर्मचारीले एएफपीसँगको कुराकानीमा बताए ।

घाइतेमध्ये छ जना गम्भीर अवस्थामा रहेको पनि उनले बताए ।

कश्मिरमा सक्रिय ठूलो विद्रोही समूह हिजबुल मुजाहिद्दिनका २२ वर्षीय यूवा नेता वानी मारिएकोे आक्रोशमा प्रदर्शनकारीले कश्मिर इलाकाका प्रहरी कार्यालयहरु जलाएका छन् भने निषेधित क्षेत्रमा अवस्थित सैनिक शिविरमा समेत ढुङ्गा हानेका बताइएको छ ।

सरकारी अधिकारीले मृत वानीका शवलाई शनिबार उनको परिवारलाई बुझाएका थिए ।

दसौँ हजार मानिसको उपस्थितिमा उनको शवलाई शनिबारै अन्तेष्टि गरिएको छ ।

सरकारले शनिबार भारत प्रशासित काश्मिरको ठूलो इलाकामा कफ्र्यू आदेश घोषणा गरेको थियो ।

कफ्र्यू आदेश घोषणा भएको इलाकामा पनि अन्तेष्टिका लागि प्रयोग गरिने मार्गलाई प्रशासनले प्रदर्शनकारीको आवातजावतमा रोक नलगाएको काश्मिर इलाकाका प्रहरी महानिर्देशक के राजेन्द्रले बताए ।

अमरनाथ यात्रा स्थगित
कश्मिरमा फैलिएको तनावपछिको स्थितिलाई मध्यनजर राख्दै स्थानीय अमरनाथ यात्रालाई स्थगित गरिएको छ ।

कश्मिरको तनावपछि कुनै पनि नयाँ आगन्तुकलाई कश्मिर उपत्यका भित्रनमा रोक लगाइएको हो । एजेन्सी


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.