तातोपानी क्षेत्र सञ्चार सम्पर्कबाहिर

तातोपानी क्षेत्र सञ्चार सम्पर्कबाहिर

चौतारा: भोटेकोसी नदीमा आएको बाढीले एनसेलको टावर रहेको घर कटान गरेर नदीमा मिसाएपछि तातोपानी क्षेत्र सञ्चार सम्पर्कविहीन बनेको छ । यसअघि राजमार्गका विभिन्न भागमा सडक कटान गरेकाले सडक सञ्जालबाट सीमा क्षेत्रको सम्पर्क विच्छेद भइसकेको थियो ।

शनिबार लिपिङस्थित एनसेलको टावर रहेकोसहित १५ घर नदीको कटानमा परेका छन । स्थानीय प्रशासनको अभिलेखमा यी १५ सहित कुल ४२ घर पूर्ण रूपमा क्षति भएको उल्लेख छ । सम्पर्कमा आएका स्थानीयले ६० भन्दा बढी घर पूर्ण रूपमा क्षति भएको बताएका छन् । शनिबार १५ घर नदीको कटानमा परेको जानकारी दिए पनि जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र केसीले तातोपानी क्षेत्रमा मात्र भने ।

तातोपानी क्षेत्रको कुन ठाउँको कति घर नदीमा मिसिए भन्नेमा जिल्ला प्रहरी प्रमुखसमेत अनभिज्ञ छन् । तातोपानी क्षेत्रका लिपिङ, तातोपानी, कोदारी, १० किलोलगायत बस्ती कटानको उच्च जोखिममा छन् । प्रहरी प्रमुख केसीलाई तातोपानी क्षेत्रका कुनकुन ठाउँको घर नदी कटानमा परेको भन्ने जानकारी छैन । एनसेलको टावर घरसँगै नदीमा मिसिएपछि सीमा प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक खुमलाल भुसाल सञ्चार सम्पर्कबाट बाहिर छन् ।

नदीमा बाढी नबढे पनि नदीको धार राजमार्गतर्फ भएकाले अझै कति क्षति हुन्छ भन्ने अनुमान गर्न कठिन छ । तत्काल नदी नियन्त्रणमा ल्याएर बस्ती जोगाउने योजना आउन सकेको छैन । प्राविधिकले नदीको बहाव कम नभएसम्म कटान रोक्न सम्भव नहुने बताएका छन् ।

मंगलबार राति एक्कासि चीनतर्फबाट आएको बाढीले सीमा क्षेत्रका घर बगाउन सुरु गरेको थियो । बाढीको उच्च बहावकै बेला लिपिङ र तातोपानीमा २१ घर बगाएको भोटेकोसीले त्यसयताको पाँच दिनमा थप ४० भन्दा बढी घर बस्न नहुने गरी क्षति पुर्‌याएको छ । लगातार बजारतर्फ कटान भइरहँदा सीमाको लिपिङ र तातोपानीमा पुनः बसोबास गर्नै सम्भव नहुने संकेत देखिएको राजधानीमा रहेका तातोपानीका दावा शेर्पाले टेलिफोनमा बताए । भूकम्पपछि धेरै स्थानीयले बसोबास छाडिसकेको तातोपानी क्षेत्र बाढीपछि पूर्ण रूपमा मानवविहीन बन्ने अवस्थामा पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.