इन्धनमा भारतीय एकाधिकार तोड्न सरकारी टोली चीन जाँदै

इन्धनमा भारतीय एकाधिकार तोड्न सरकारी टोली चीन जाँदै

काठमाडौं: इन्धन आपूर्ति गर्ने विषयमा थप अध्ययन गर्न पाँच सदस्यीय नेपाली टोली आइतबार चीन जाँदैछ। आपूर्ति मन्त्रालयका सचिव श्रीधर सापकोटाको नेतृत्वको टोली चीन जान लागेको हो।

नेपाल आयल निगमका अनुसार सचिव सापकोटाको नेतृत्वमा सोही मन्त्रालयका उपसचिव अर्जुन पन्त, निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्का, निगमका पेट्रोलियम इन्जिनियर विजय सत्याल र उद्योग मन्त्रालयका इन्जिनियर प्रभातकुमार सिंह टोलीमा सहभागी हुनेछन्। पाँच दिने भ्रमणको क्रममा टोलीले इन्धनको वैकल्पिक उपायका बारेमा चीनका विभिन्न स्थानमा अध्ययन र छलफल गर्ने कार्यक्रम छ।

मन्त्रालयका उपसचिव पन्तका अनुसार इन्धन आपूर्तिमा भारतीय एकाधिकारको विकल्प खोज्न नेपाली टोली चीन भ्रमणमा जान लागेको हो। नाकाबन्दीका समयमा सरकारी प्रयास अन्तर्गत ३३ प्रतिशत पेट्रोलियम चीनबाट आपूर्ति गर्न आवश्यक छलफल तथा अध्ययनका लागि नेपाली टोली बेइजिङ जान लागेको पन्तले जानकारी दिए।

उनका अनुसार ग्याससहित अन्य पेट्रोलियम पदार्थको विषयमा निजी र सरकारी अधिकारीसँग छलफल गरिनेछ।कोइला प्रयोग गरी प्रशोधन केन्द्रमार्फत पेट्रोल उत्पादन गर्न सफल भएको चीनको नव प्रविधि प्लान्टको विषयमा भ्रमण केन्द्रित रहने पन्तले जानकारी दिए। 

इन्धन आपूर्तिमा भारतीय एकाधिकारको विकल्प खोज्न नेपाली टोली चीन भ्रमणमा जान लागेको हो। 

उनका अनुसार चिनियाँ अधिकारीले प्लान्टको भ्रमण अवलोकन गर्न नेपाली टोलीलाई आमन्त्रण गरेको थियो। चिनियाँ आमन्त्रणलाई स्वीकार गरी नेपाली टोलीले प्लान्टको सम्भाव्यता अध्ययन गर्नेछन्।

 

चिनियाँ पक्षले प्रविधि उपयुक्त लागेको अवस्थामा नेपालमा पनि त्यस्तै प्लान्ट निर्माण गरिदिने आश्वासन दिएको छ।चिनियाँ पक्षले प्लान्ट निर्माण, आवश्यक कच्चा पदार्थ, उपकरणका साथै सहुलियत दरमा ऋणसमेत उपलब्ध गराइदिने आश्वासनसहित नेपाली टोलीलाई सम्भाव्यता अध्ययनका लागि आमन्त्रण गरेको हो।

'कोइलाको प्रयोग गरेर उत्पादन हुने पेट्रोलसम्बन्धी प्लान्टको विस्तृत अध्ययन गर्नका लागि जाँदैछौं', उपसचिव पन्तले भने,'यसमै भ्रमण केन्द्रित रहनेछ।'
निगमका प्रबन्ध निर्देशक खड्काका अनुसार भ्रमणको क्रममा चिनियाँ वाणिज्य मन्त्रालयका समकक्षी र यातायात मन्त्रालयका पदाधिकारीसँग पनि छलफल र भेटवार्ता हुनेछ।

'भ्रमण टोलीले चीनबाट कसरी इन्धन आयात गर्न सकिन्छ भन्ने विषयमा थप अध्ययनसमेत गर्नेछ', खड्काले भने, 'ढुवानी र स्थानीय कर समायोजनको विषय टुंगो लगाउन बाँकी छ भने अर्कोतर्फ रसुवागढीदेखि काठमाडौंसम्मको ढुवानीमा पनि समस्या छ।'

भारतको नाकाबन्दीपछि गत चैतमा प्रधानमन्त्री ओलीको चीन भ्रमणको समयमा नेपालमा पेट्रोलियम आपूर्ति गर्ने र नेपालका तीन स्थानमा भण्डारण केन्द्र खोल्ने सम्झौता भएको थियो। चीनसँग भएको सम्झौता लागू गर्ने क्रममा परराष्ट्र सचिव शंकरदास बैरागीको नेतृत्वमा एक टोलीले बेइजिङमा छलफल गरेर फर्के लगत्तै आपूर्ति मन्त्रालयको टोली चीन जान लागेको हो।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.