सडक दुर्घटनाप्रति महासंघको ध्यानाकर्षण
काठमाडौं: नेपाल अटो मेकानिक्स व्यवसायी महासंघले वर्षाको मौसम सुरु भए यता भएका विभिन्न सडक दुर्घटना र त्यसबाट उत्पन्न समस्याका बारेमा आफूहरू गम्भीर भएको बताएको छ।
कञ्चनपुर जिल्लाको अर्जुनीमा सडकमा भएको दुर्घटनाका मर्मत सम्भारमा खटिएका एक अटो मेकानिक्स मदन पन्त र गाडीधनीले ज्यान गुमाएको प्रति संघ मर्माहत भएको जनाएको छ।
स्वदेशमै बसेर अटो मेकानिक्स पेसामा रही सवारीसाधन मर्मत सम्भारको सेवा प्रदान गरिरहेको एउटा सामान्य घर परिवारको व्यक्तिले ज्यान गुमाउँदा यस पेसामा संलग्न अटो मेकानिक्स मर्माहत र स्तब्ध भएको संघले जनाएको छ।
उक्त घटनाको सत्य तथ्य कारण पत्ता लगाई आगामी दिनमा यस प्रकारका घटना हुन नदिन दोषीउपर कडा कारबाही गरी पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराइदिन सम्बन्धित पक्षसँग संघले माग गरेको छ।
प्रतिक्रिया दिनुहोस !
४
८