स्थानीयलाई काबेलीको सेयर

स्थानीयलाई काबेलीको सेयर

काठमाडौं: स्थानीय प्रभावितलाई अरुण कावेली पावर लिमिटेडको सेयर बाँडफाँड गरिएको छ।

सिद्धार्थ क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा असार ३ गते देखि १७ गते सम्म निष्कासन तथा बिक्री खुल्ला गरिएको थियो।

कावेली पावर लिमिटेडको एक सय अंकित दरका १५ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र पाँचथर तथा ताप्लेजुङ जिल्लाका बासिन्दाका लागि माग गरिएको थियो।

बिक्री खुला गर्दा जम्मा १४ हजार सात सय एक दरखास्तवालाबाट एक करोड ९६ लाख ३४ हजार आठ सय १० कित्ता साधारण सेयरका लागि दरखास्त पर्न आएको कम्पनीले जनाएको छ।

स्वीकृत विववरणपत्रमा भएको व्यवस्थाअनुसार कुल साधारण सेयरमध्ये प्रत्यक्ष रूपमा अति प्रभावित क्षेत्र पाँचथर जिल्लाका नागी, थर्पु र अमरपुर गाविस तथा ताप्लेजुङ जिल्लाका साब्लाखु, सिनाम, थुम्बेदिन र चाक्सिबोटे गाविसका लागि ६ लाख कित्ता छुट्याइएको थियो।

ती गाविसबाट चार हजार पाँच सय ५७ दरखास्तवालाबाट ७४ लाख ५४ हजार पाँच सय कित्ता साधारण सेयरका लागि दरखास्त पर्न आएको कम्पनीले जनाएको छ। रितपुर्वक दरखास्त दिने चार हजार पाँच सय ५५ जना दरखास्तवालालाई सेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.