तमोर नदीको खतरा तत्कालका लागि टर्यो

तमोर नदीको खतरा तत्कालका लागि टर्यो

ताप्लेजुङः पहिरोले थुनेको तमोरको पानी आफैँ बाटो बनाएर बगेपछि नदी किनारका बासिन्दाले केही राहतको महसुस गर्न थालेका छन् ।

आइतबार बिहानको राती दुई बजे ताप्लेजुङको सावादिन १ मा पर्ने मित्लुङ भन्ने भिरबाट पहिरो खसेपछि  थुनिएको तमोर नदी विस्तारै सतहमा आएकाले तत्कालको खतरा टरेको प्रहरीले जनाएको छ ।
    
एकैपटक बाँध खुल्ने आशंकामा नदीको दक्षिणी क्षेत्रको नदी किनारका बासिन्दा निकै त्रसिद बनेका थिए । तर, नदीको सतह विस्तारै घटेपछि त्रासमा बसेका तमोर नदी किनारका बासिन्दाले तत्कालको खतरा टरेको महसुस गरेका छन् ।

तमोर नदी थुनिदा तल्लो तटीय क्षेत्रका तीन वटा बजार जोखिममा परेका थिए  । नदी थुनिएको स्थान भन्दा दक्षिण तर्फका मित्लुङ, दोभान र हान्द्रुङ बजारका स्थानीयबासी बाढी आउने खतराल त्रसित थिए ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख इन्सपेक्टर शैलेन्द्रकुमार यादवले हान्द्रुङ र दोभानका बासिन्दालाई अझै पनि सतर्क रहन खबर गरिएको जानकारी दिए ।

उनले पहिरो गएर नदी थुनिएको ठाउँमा नेपाल प्रहरी र नयाँ रणभीम गुल्मबाट नेपाली सेनाको टोली समेत पुगिसकेको बताउदै पहिरोको थप खतरा बारे प्रहरी र नेपाली सेनाको टोलीले उक्त क्षेत्रको अध्ययन गरिरहेको जानकारी दिए ।

नदी सामान्य अवस्थामा बग्न सुरु गरेपनि पहिरोको लेदो सहित नदी बगेकाले त्रास कायम रहेको स्थानीयबासी  गंगा गुरागाईले बताए  । दोभान बजारमा पसल गर्दै आएका उनले पहिरोले निम्त्याउन सक्ने खतरा बारे सतर्क रहदैँ आफुहरुले पहिरो गएर नदी थुनिएको क्षेत्रका बासिन्दा सँग निरन्तर सम्पर्क गरिरहेको बताए ।

रातको ३ बजे सावादिनमा पहिरो गएर नदी थुनियो भन्ने खबर आए पछि राती नै आफुहरु बजार छोडेर डाँडामा बसेको गुरागाईले बताए ।
सावादिनका वासिन्दाले दोभान र हान्दु्रङ बजारका बासिन्दालाई राती नै नदी थुनिएको जानकारी गराउदै सतर्क रहन आग्रह आग्रह गरेका थिए ।

गत वर्ष ५९ जनाको ज्यान लिने गरी दोभान नजिकैका खोक्लिङ, लिवाङ, लिङतेप, थिङलावु, सान्थाक्रा गाविसमा पहिरो जाँदा पनि यसरी नै मेवा नदी थुनिएर दोभान र हान्द्रुङका वासिन्दा त्रासमा परेका थिए ।

दिउँसो बजार पसल गर्न दोभान गए पनि महिना दिनसम्म यहाँका वासिन्दा सुत्नको लागि बजार भन्दा माथीको नागेश्वरी, देउलिङगे र लहरेगाँउसम्म जाने गरेका थिए । तमोर नदी किनारमा रहेको हान्द्रुङमा २५ र दोभानमा ६० घर छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.