नयाँ शक्ति नेपाल निर्वाचन आयोगमा
काठमाडौँ: बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले दल दर्ताका लागि आइतबार निर्वाचन आयोगमा निवेदन दिएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका नयाँ शक्तिका संयोजक भट्टराईको नेतृत्वमा निर्वाचन आयोग पुगेको नयाँ शक्तिको टोलीले निवेदन दिएर फर्किएको छ।
बबरमहलमा भेला भएका नयाँ शक्तिका नेता तथा कार्यकर्ता दल दर्ताका लागि निवेदन दिन बहादुर भवनस्थित निर्वाचन आयोग पुगेका थिए ।
एकीकृत माओवादीबाट अलग भएको एक वर्ष पुग्नै लाग्दा बाबुरामले नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका हुन् ।