डा. केसीको अनसनविरुद्ध व्यापक विरोध

डा.  केसीको अनसनविरुद्ध  व्यापक विरोध

काठमाडौँ: प्रा.डा गोविन्द केसीले आठौँ पटक गर्न लागेको आमरण अनसनको त्रिभुवन विश्विद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्ज, महाराजगञ्ज मेडिकल क्याम्पस र शिक्षण अस्पतालको कर्मचारी संघले विरोध जनाएका छन् ।

आइतबार साँझ ४ बजेबाट आठौँ पटक टिचिङ अस्पताल परिसरमा आमरण अनसन सुरु गर्ने घोषणा गरेका केसीको व्यापक विरोध भएको हो ।  

अस्पताल परिसरमा अनसन बस्न लागेका केसी विरुद्ध त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान डिनको कार्यालयले विज्ञप्ति निकालेरै विरोध जनाएको हो।

अस्पताल जस्तो संवेदनशील क्षेत्रमा अनसन बस्दा बिरामीको स्वास्थ्य सेवा प्रभावित हुने भन्दै डिनको कार्यालयले केसीको अनसनप्रति विरोध जनाएको हो ।

कार्यालयले केसीको अनसन नेपाल सरकारको आवश्यक सेवा ऐन २०१४ दफा ३ को उपदफा १ विरुद्ध भएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारको आवश्यक सेवा ऐन २०१४ दफा ३ को उपदफा १ अनुसार चिकित्सक सेवा जस्तो अति संवेदनशील सेवा प्रदान गर्ने स्थलमा अनसन वा विरोधका कार्यक्रम सञ्चालन गर्न निषेध गरेको छ ।’

अस्पताल हातामा हुने केसीको अनसनले बीपी कोइरालाला लाइन्स नेत्रकेन्द्र, मनमोहन टान्सप्रान्त सेन्टरलगायतका बिरामी प्रभावित हुने र संस्थालाई आर्थिक घाटा हुने हुने समेत विज्ञप्तिमा उल्लेख छ ।

केसीको अनसन सर्वोच्च अदालतको परमादेश विपरित भएको समेत विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.