गोरखामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

गोरखामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

गोरखाः गोरखाबाट नारायणगढ जाँदै गरेका गोरखा केरौंजा ५ की लालमाया गुरुङको मोटरसाइकल दुर्घटनामा मृत्यू भएको छ ।

नारायणगढतर्फ जाँदै गरेको ना ४ ख ८२४५ नम्बरको ट्रकलाई उछन्ने क्रममा ठोक्किएर मोटरसाइकलको पछाडि बसेकी २४ बर्षीया गुरुङको मृत्यु भएको इप्रका मुग्लिनका प्रहरी निरीक्षक योगेन्द्र हमालले जानकारी दिए ।

प्रहरीका अनुसार आइतबार बिहान साँढे ६ बजे बा ६८ प १२१८ नम्बरको मोटरसाइकलमा श्रीमान वीरबहादुर र लालमाया चितवनको कबिलास गाविस ८ सिमलतालमा ट्रकमा ठोक्किएका थिए ।

चालक वीरबहादुर भने सामान्य घाइते मात्र भएका छन् । ट्रक र ट्रक चालक धादिङ थाक्रे ८ का प्रेमबहादुर भुजेल. प्रहरी नियन्त्रणमा रहेको चितवनका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.