नेपाली जनता हिन्दू राज्यको पक्षमा छन्ः कमल थापा

नेपाली जनता हिन्दू राज्यको पक्षमा छन्ः कमल थापा

चितवनः राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले नेपाली जनता हिन्दू राज्यको पक्षमा रहेको बताएका छन्।

आइतबार राप्रपा नेपाल चितवनको तेस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै थापाले भने, ‘नेपाली जनता हिन्दू राज्यको पक्षमा भएकाले राप्रपा नेपालप्रति आकर्षण बढ्दै गएको छ।'

थापाले राप्रपा नेपालको कार्यभारलाई रणनीतिक तवरबाट स्थापित गराउनका सरकारबाटै आफू लागि परेको समेत बताएका छन्। ‘पार्टीको रणनीति स्थापित गराउनकै निम्ति हामी सरकारमा सहभागी भएका छौँ,' थापाले भने।

अधिवेशनमा चार सय ८७ प्रतिनिधि र दुई सय ५२ पर्यवेक्षक सहभागी रहेको जिल्ला अध्यक्ष बद्री तिमिल्सिनाले जानकारी दिए।

चारवर्षीय कार्यकालका लागि हुन लागेको अधिवेशनबाट २१ सदस्यीय नयाँ कार्यसमिति चयन हुने छ। अधिवेशनले आइतबार नै नयाँ नेतृत्व चयन गर्दैछ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.