सुशीला कार्की प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन
![सुशीला कार्की प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन](https://annapurnapost.prixacdn.net/media/albums/57822a3a61ed56.76724732_2py9NqP25e.jpg)
काठमाडौँः कायममुकायम प्रधानन्यायाधीश सुशीला कार्की संसदीय विशेष सुनुवाई समितिको सर्वसम्मत निर्णयबाट प्रधानन्यायाधीशमा अनुमोदित भएकी छन् ।
आइतबार भएको संसदीय सुनुवाई समितिको बैठकले कार्कीलाई प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन गरेको हो । संसदीय सुनुवाई समितिका सभापति कुलबहादुर गुरुङले कार्कीको नाम प्रधानन्यायाधीशमा अनुमोदन भएको घोषणा गरे ।
नेपालको इतिहासमा पहिलो पटक महिला प्रधानन्यायाधीश बन्ने भएकी कार्कीलाई राष्ट्रपतिले पदतथागोपनियताको सपथ ग्रहण गराएपछि उनले पदभार ग्रहण गर्नेछिन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)