गोविन्द केसीको आठौँ अनसन सुरु, अस्पताल तनावग्रस्त

गोविन्द केसीको आठौँ अनसन सुरु, अस्पताल तनावग्रस्त

काठमाडौँ: चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)का प्रा.डा. गोविन्द केसीले आइतबारबाट आठौँ पटक आमरण अनसन सुरु गरेका छन्।

अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्नेसहितका मागसहित केसीले अनसन सुरु गरेलगत्तै केसीका विरोधीहरुले अस्पताल परिसरमा नाराबाजी सुरु गरेपछि अस्पताल क्षेत्र तनावग्रस्त भएको छ।

आफ्ना मागको सरकारले सुनुवाई नगरेको भन्दै केसीले आइतबार साँझबाट अनसन सुरु गरेका हुन्। केसीले आइतबार साँझ चार बजे पत्रकार सम्मेलन गरेर आमरण अनसन घोषणाले गरेलगत्तै अस्पताल परिसर तनावग्रस्त भएको छ।

केसी गणेशमान भवनको ‘सि'ब्लकको तेस्रो तलामा अनसनमा बसेका छन्। केसीले आफ्ना माग पत्रकार समक्ष प्रस्तुत गरेर अनसन सुरु गरे लगत्तै केसीका विपक्षीले नाराबाजी सुरु गरेका हुन्।

विपक्षीले नाराबाजी सुरु गरेपछि केसी पक्षले समेत नाराबाजी गरिरहेका छन्। एक पक्ष ‘गोविन्द सर जिन्दावाद ।'भन्दै नाराबाजी गरिरहेका छन् भने अर्को पक्षले ‘अस्पताल परिसरमा अनसन बस्ने गोविन्द केसी मुर्दावाद ।'भन्दै नाराबाजी गरिरहेका छन्।

त्रिवी शिक्षण अस्पताल प्रशासनले केसीलाई उनको क्वाटर र पहिला अनसन बसेको ठाउँमा बस्न नदिएपछि केसी गणेशमान भवनमा पुगेका हुन्।  

नाराबाजी सुरु भएपछि टिचिङ अस्पताल परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन्।

केसीले अनसन घोषणा गरे लगत्तै अस्पताल बचाऊ अभियनको ब्यानर निकालेर प्रदर्शन सुरु गरेका छन्। यता केसीले मेडिकल क्षेत्रमा देखिएका विकृति अन्त्य नभएसम्म अनसन नतोड्ने घोषणा गर्दै अनसन सुरु गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.