तटबन्धनले फर्कायो खुशी

तटबन्धनले फर्कायो खुशी

मनाङः गाउँका पाँचघर र गाउँनजिकैको थुप्रै खेतीयोग्य जमिन क्षणभरमै नदीमा मिसीएपछि हिमालपारीको जिल्ला मनाङको तिल्चे गाउँवासी दुःखी थिए । जलवायुमा आएको परिवर्तनका कारण गाउँभन्दामाथि रहेको पोङ्कर ग्लासीयर पग्लीनुका साथै बर्षायाममा दुधखोला बढ्न थालेपछि उनीहरु निराश हुन्थे। मनास्लु पदमार्गमा पर्ने तिल्चे गाउँका ५२ घरधुरीको पिडा दुधखोला नदीसँग जोडिएको  थियो । खोला बढ्नथालेसँगै त्यसको बिपत्ती हेर्दै दिन कटाउन बाध्य थिए स्थानीय ।
    
बर्षेनी बढ्दै गएको दुधखोलाले कटानले तिल्चेगाउँवासी डराई डराई बस्न बाध्य बनेका थिए । अत्यधिक जोखिममा रहेको तिल्चेगाउँमा तटबन्धन गरिएपछि उनीहरु खुशी हुन थालेका छन् । ‘पाँच घर बगाइसक्यो, खेतीयोग्य जग्गाहरुपनि धेरैजसो बगाइसकेको थियो, स्थानीय शिक्षक चेकमान गुरुङ भन्छन्, ‘नदीमा तटबन्ध गरिएपछि गाउँमा खुशी छाएको छ ।’ जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय १३ले गूरुयोजनानै बनाएर गरेको तटबन्धनले दुधखोलाको प्रकोपलाई न्युनीकरण गरेको छ ।  

तिल्चेगाउँमा कुल ४५ लाख रकममा तटबन्धन निर्माण गरिएको जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन १३ का कार्यालय प्रमुख बिदुरमान श्रेष्ठले जानकारी दिए ।    

पूर्वसांसद कोमल घलेले तटबन्धनले निकै त्रसित समुदायलाई राहत दिलाएको बताए । ‘नदीको कटान त्यही दरमा गएको भए गाउँ छाड्न पथ्र्यो उनले भने, ‘तटबन्धन गरिएपछि नदीको कटान रोकिएको छ।’ नदीको कटान रोकिएपनि गाउँभन्दा माथी रहेको पोङ्कर ‘ग्लासीयर’ पग्लने क्रम बढ्दै गएपछिअर्को चिन्ता थपेको छ ।     

मस्र्याङ्दी नदिको किनारमा जोडिएको तालगाउँ पनि बर्षेनी नदीको उच्च जोखिममा  थियो । बर्षेनी नदीले कटान गर्दै लगेपछि वस्तीमा जोखिम बढ्दै गएको स्थानीय सुरेन्द्र गुरुङ बताउँछन् । ‘बालुवाले नदी पुरीएर वस्तीकै सतह भएर नदी बगेको छ, उनले भने,‘ बर्षेनी हुने जोखिमको डर तटबन्धन लगाइएपछि हटेको छ ।’

मस्र्याङ्दी नदीकै सतहमा रहेको मनाङको ताल गाउँमा पनि नदी कटान तथा पहिरोको प्रकोप तिब्रदरमा बढ्दै थियो । जसका जोखिममा रहेको ताल गाउँजुनसुकै बेला समस्यामा पर्ने खतरामा थियो । करीव ७० घरधुरी तथा ५ सय जनसंख्या रहेको ताल गाउँमा पनि तटबन्धन गरीएपछि स्थानीय खुशी छन् ।  

जोखिमयुक्त स्थानमा करिब २ सय मीटर तटवन्धन निर्माण भए पछि त्यहाँका सर्बसाधरण ढुक्क भएर वस्न सक्ने अवस्थामा पुगेको स्थानीय सुरेन्द्र गुरुङको भनाइ छ ।  
    
्हिमश्रृङ्खला र  ग्लासीयर पग्लने क्रम बढेपछि हिमालपारीको जिल्ला मनाङका बिभिन्न भुभागमा नदीकटान तिब्र बन्दै गएपछि त्यसबाट हुनसक्ने बिपत्तीको न्युनीकरणका लागि मनाङमा अन्र्तगत विभिन्न नदी नियन्त्रण, पहिरो व्यवस्थापन, वस्ती संरक्षण तथा आकस्मीक प्रकोप व्यवस्थापन जस्ता भएको  कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर राजन केसीले जानकारी दिए ।     

मस्र्याङदी नदीले जोखीममा परेको हिमालपारीको जिल्ला मनाङको माथिल्लो मनाङ, टंकी मनाङ, पिसाङ, चामे, कोतो, वगरछाप, धारापानी र लमजुङका बिभिन्न ठाउँहरुमा नदी नियन्त्रणका कार्यहरु भएका छन् ।चालु आर्थिक बर्षमा  मनाङमा १ करोड १३ लाख वजेटमा नदी नियन्त्रण अन्र्तगत ७ वटा, वस्ती वजार संरक्षण अन्र्तगत ३ वटा, पहिरो व्यवस्थापन अन्र्तगत ६ वटा तथा आकास्मीक कार्यक्रम अन्र्तगत १ ठाँउ गरी १७ ठाँउमा निर्माण कार्य सम्पन्न भएका छन् ।

बर्षेनी नदीजन्य प्रकोपको मार खेप्दै आएका हिमालपारीको जिल्ला मनाङका स्थानीय जलउत्पन्न प्रकोपको न्युनीकरण हुँदै गएपछि खुशी छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.