अब विश्वविद्यालयमा राजनीति गर्नु हुँदैनः प्रधानमन्त्री

अब विश्वविद्यालयमा राजनीति गर्नु हुँदैनः प्रधानमन्त्री

काठमाडौँ: प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले विश्वविद्यालय तथा क्याम्पसमा अब राजनीति गर्नु नहुने बताएका छन्।

आइतबार त्रिभुवन विश्वविद्यालयको ५७ औं सभामा बोल्दै उनले यस्तो बताएका हुन्। ‘कुनै समय शासकको ज्यादतीको अन्त्य गर्नका लागि कर्मचारी तथा प्राध्यापकले समेत बाध्य भएर राजनीतिमा लाग्नुपर्ने अवस्था थियो' पञ्चायती निरंकुश व्यवस्थाको उदाहरण दिदैँ ओलीले भने, ‘त्यतिखेर मुलुकको शासन व्यवस्था परिवर्तनका लागि पनि राजनीति गर्नुपर्ने बाध्यता थियो।'

अहिले मुलुकको शासन व्यवस्था पञ्चायती तथा अन्य निरंकुश व्यवस्थाको भन्दा निकै परिवर्तन भइसकेकोले राजनीति आवश्यक नभएको ओलीको भनाइ छ।

आवश्यकता भन्दा धेरै राजनीति भएकै कारण विश्वविद्यालयको शैक्षिक स्तर खस्किएको ओलीले बताए। उनले भने, ‘अब राजनीतिलाई न्युनिकरण गर्दै लैजानुपर्दछ। अब विश्वविद्यालयको शिक्षाको स्तर उकास्नुपर्छ।'

विश्वविद्यालयको स्तर उकास्न सरकारले बजेट अभाव हुन नदिने उनले बताए। ‘अहिले जुन क्षेत्रमा पनि बजेट नपुगेको गुनासो मात्र सुनिन्छ। तर, दिएको पैसा कतैपनि पुरा खर्च भएको देख्दिन' ओलीले भने,

‘विश्वविद्यालयको सुधारका लागि चित्तबुझ्दो प्रस्ताव ल्याउनुहोस्। पैसा अभाव हुँदैन।' सभाले आर्थिक वर्ष २०७३-०७४ को लागी १८ अर्ब २५ करोड २ लाख ३१ हजार रुपैयाँको बजेट पारित गरको छ। आइतबार नै ओलीले त्रिवी उपकुलपतिको नयाँ भवनको शिलान्यास गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.