यस्तो देखियो डा.केसीको समर्थन र विरोधमा आवाजहरु ( फोटो फिचर )

यस्तो देखियो डा.केसीको समर्थन र विरोधमा आवाजहरु (  फोटो फिचर )

काठमाडौं: प्राध्यापक डा.गोविन्द केसीले आइतबारदेखि आठौ पटक असन सुरु गरेपछि शिक्षण अस्पताल परिसरमा उनको पक्ष र विपक्षमा समर्थन तथा विरोधका आवाजहरु उठेका छन्।

सरकारले पटक पटक आफूले उठाएका माग पूरा गर्नेबारे सम्झौता गरे पनि त्यसलाई कार्यान्वयन नगरेको भन्दै शिक्षण अस्पतालमै रहेको गणेशमान इएनटी भवनमा डा. केसीले पुनः आमरण अनशन सुरु गरेका छन् भने प्रस्तावित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल समूहले उनको अनसनविरुद्ध नाराबाजी गरे।

डा. केसीका पक्षधर आइओएमका विद्याथीहरुले समर्थन गरेका छन् भने नको विपक्षमा रहेका समूहले विरोधी नारा लेखिएका व्यानर समातेर अस्पताल परिसरमा प्रदर्शन गरे। दुवै समूहले परस्पर विरोधी नारा लेखिएका ब्यानरमा उत्रिए।

उनीहरुको नाराबाजीका कारण सँगै रहेको मंगलादेवी बर्थिङ सेन्टर र बाल विभागमा भर्ना भएका बिरामी र उनीहरुलाई सेवा दिइरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु समेत त्रसित बनेका थिए। डा. केसीको पक्ष र विपक्षमा भएको प्रदर्शन भएपछि सुरक्षाका लागि प्रहरी परिचालन गरिएको थियो।

हेरौ फोटो पत्रकार उमा विष्टले क्यामरा कैद गरेका केही तस्बिरहरु।

 

 

 

 

 

 

 

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.