सत्ता गठबन्धन बैठकमा ओली–दाहाल चर्काचर्की

सत्ता गठबन्धन बैठकमा ओली–दाहाल चर्काचर्की

काठमाडौं: प्रधानमन्त्री केपी ओलीले बोलाएको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री र सत्ता गठबन्धनको दोस्रो घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच चर्काचर्की भएपछि बैठक अनिर्णीत टुंगिएको छ ।

गत वैशाख २३ गते नौबुँदे सहमतिसँगै भएको भनिएको तीनबुँदे भद्र सहमतिको कार्यान्वयनअनुसार बजेट पारित भइसकेको अवस्थामा ओलीले प्रधानमन्त्री पद छोड्नुपर्ने अडान दाहालले राखेपछि ओलीले त्यसको प्रतिवादमात्र गरेनन् उनले राष्ट्रवादी शक्तिहरूको वर्तमान गठबन्धनलाई तोड्न पुनः कांग्रेससँग लागेको आरोप पनि दाहालमाथि लगाए ।

दाहालले त्यसको प्रतिवाद गर्दै आफूले कांग्रेससँग कुनै गठबन्धन नगरेको तर भद्र सहमतिलाई अवज्ञा गर्ने अधिकार ओलीसँग नभएको बताएका थिए । उनले भद्र सहमतिअनुसार तत्काल प्रधानमन्त्री पदबाट राजीनामा गर्न पनि ओलीसँग आग्रह गरेको स्रोतले बतायो ।

ओलीले उपयुक्त समयमा पद छोड्न आफू तयार रहेको तर बजारमा अनावश्यक हल्ला नगर्न चेतावनी दिएपछि दुई नेताबीचको चर्काचर्की सामान्य भएको बैठक स्रोतको भनाइ छ । बैठकमा सत्ता साझेदार साना दलले ओली र दाहालको चर्काचर्कीमाथि हस्तक्षेप गरेका थिए । भद्र सहमतिका बारेमा कसैलाई जानकारी नभएकाले नेताद्वयले नै यसबारेमा साझा मतका साथ प्रस्तुत हुनुपर्ने साना दलका नेताको भनाइ थियो ।

 

ओली र दाहालको साझा मतबाट आउने निर्णय आफूहरूलाई मान्य हुने तर वर्तमान राष्ट्रवादी गठबन्धन टुट्नु नहुने अडान साना दलले राखेका थिए । सत्ता गठबन्धनमा संलग्न नौ दलका नेताले ओली र दाहाललाई विगत केही दिनयता भएका भेटका एजेन्डा र छलफलसमेत छताछुल्ल गर्नु राम्रो नहुने बताएका थिए ।

माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले गत वैशाख २३ गते नौबुँदे सहमतिका साथ भएको तीनबुँदे भद्र सहमति कार्यान्वयनका विषयमा आफ्नो पार्टीले प्रधानमन्त्रीसँग जिज्ञासा राखेको बताए । उनले अन्नपूर्णसँग भने, ‘सरकार सञ्चालन सहमति कार्यान्वयनलगायतका विषयमा प्रधानमन्त्री उदासीन देखिनुभयो ।' ओलीले भद्र सहमति मिडियाबाजी र प्रचार गर्ने विषय नभएको भन्दै यस्ता कुरा आन्तरिक रूपमै टुंगोमा पुर्‌याउनुपर्ने बताएको जानकारी पनि गुरुङले दिए ।

एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले बैठकमा सरकार सञ्चालन र सहमति कार्यान्वयनका विषयमा विभिन्न पार्टीले सुझाव दिएको बताए । उनका अनुसार यी सुझावलाई आधार मानेर प्रधानमन्त्री ओली र अध्यक्ष दाहाललाई थप छलफल गर्ने जिम्मेवारी बैठकले दिएको छ ।

राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले ओली र दाहालबीच विगतमा भएका सम्झौताको कार्यान्वयनलाई लिएर भएको विवाद निकासमा पुर्‌याउन दुवै नेतालाई जिम्मा दिइएको बताए । उनले भने, ‘विवाद तीनबुँदे भद्र सहमतिको पालनामै केन्द्रित थियो ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.