करेन्ट लागेर दिदिबहिनीको मृत्यु, चारजना घाइते

करेन्ट लागेर दिदिबहिनीको मृत्यु, चारजना घाइते

धनगढीः विद्यालय जान लागेका बेला विजुलीको तार चुँडिएर करेन्ट लागेपछि सोमबार विहान डोटीमा दुईजना बालिकाको ज्यान गएको छ । यो घटनामा चारजना बालिका घाइते भएका छन ।

दिपायल–सिलगढी नगरपालिका–१४ का गणेश औजीका दुई छोरी १० वर्षकी रोजा औजी र ८ वर्षकी रेश्मा औजीको करेन्ट लागेर घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज विष्टले जानकारी दिए ।

सोमबार विहान सवा ६ बजेतिर पानी परिरहेका बेला दुबैजना दिदिबहिनी एउटै छाता ओढेर नजिकै रहेको दुर्गा निमावितर्फ गइरहेका बेला माथिबाट विद्युतको तार चुँडिएर खसेपछि दुबैलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

रोजाको दाहिने हातको कुहिनोभन्दा तलको भाग करेन्टले अलग भएको छ । रोजा दुर्गा निमाविमा कक्षा २ र रेश्मा कक्षा मा अध्ययनत थिए ।

दुईवटा पोलको बीचबाट तार चुँडिएर समुह बनाएर विद्यालय गइरहेका बालिकाहरुमाथि खसेपछि अन्य चारजना घाइते भएका प्रहरीले जनाएको छ ।
घाइतेहरुमा पनि सोही ठाउँका १० वर्षकी कालु औजी, ८ वर्षकी ईश्वर औजी, १० वर्षकी सन्तु औजी र ७ वर्षकी सीता औजीलाई उपचारका लागि जिल्ला अस्पताल डोटीमा भर्ना गरिएको छ ।

घाइते चारैजना बालिका भने बोल्न थालेका छन् । उनीहरु खतरामुक्त रहेको डोटीका प्रहरी उपरीक्षक डिल्लीराज विष्टले बताए । मृतकका आफन्तहरुले विद्युतको तार जोड्दा लापरवाही गरेकाले क्षतिपुर्ति नपाउँदासम्म शव नउठाउने भन्दै घटनास्थलमा विद्युत प्राधिकरणका प्रमुख आउनुपर्ने माग गरेका छन ।

सोमबार दिउँसोसम्म पनि पीडित परिवारले शव उठाउन नमानेको पनि प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.