निर्वाचन गराउन सहमतीय सरकार: उपप्रधानमन्त्री गच्छदार

निर्वाचन गराउन सहमतीय सरकार: उपप्रधानमन्त्री गच्छदार

विराटनगर: उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सहमतीय सरकार निर्माणका लागि पहल भइरहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले सहमतीय सरकारले नै समस्याको समाधान गर्न सक्ने देखिएकाले त्यसका लागि दलहरुबीच छलफल जारी रहेको जानकारी दिए ।

उनले सहमतीय सरकार निर्माण गर्ने विषयमा छलफल जारी रहे पनि नेतृत्वको विषयमा टुङ्गो नलागेको स्पष्ट पारे ।

उपप्रधानमन्त्री गच्छदारले वर्तमान गठबन्धनको सरकारमा देखिएका मतभिन्नतालाई अन्त्य गर्दै प्रभावकारी रुपमा सरकार सञ्चालन गर्ने विषयमा सरकारमा रहेका गठबन्धनका दलहरुबीच समझदारीसमेत भएको उल्लेख गरे ।

उनले वर्तमान संसद्को अवधि २०७४ माघ ८ गतेसम्म मात्र रहेकाले सोही समयावधिभित्र तीनवटा निर्वाचन गराउनुपर्ने बाध्यता रहेकाले दलहरुबीच सहमति आवश्यक रहेको धारणा प्रकट गरे । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.