आयल निगम १४ वर्षपछि ऋण मुक्त

आयल निगम १४ वर्षपछि ऋण मुक्त

काठमाडौं: नेपाल आयल निगम १४ वर्षपछि ऋण मुक्त भएको छ। आइतबार निगमले सरकारलाई साँवा र ब्याज गरी एक अर्ब ४१ करोड रुपैयाँ भुक्तानी गरेर ऋणमुक्त भएको हो।

निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले आइतबार अर्थ मन्त्रालयलाई साँवा ८० करोड र ब्याज ६१ करोड भुक्तानी गरेको जानकारी दिए। अब निगम डिपो सुधार र भण्डार विस्तारमा लाग्ने उनले बताए।

काठमाडौंको थानकोट डिपो, सिनामंगलको हवाई इन्धन डिपो र विराटनगर डिपो सुधार गर्दै भण्डारण क्षमता विस्तार गरिने उनले बताए। त्यस्तै झापाको भद्रपुरमा हवाई इन्धन भण्डार केन्द्र निर्माण गरिने उनले जानकारी दिए। अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ घटेसँगै निगमको नाफा बढेको थियो।

विगतमा निगमले अन्तर्राष्ट्रिय बजारअनुसार मूल्य समायोजन गर्न नसक्दा घाटामा गएर सरकारका साथै विभिन्न बैंक वित्तीय संस्थाबाट ऋण लिएर इन्धन आपूर्ति गर्दै आएको थियो। नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र वाणिज्य बैंकसँग निगमले ऋण लिएको थियो।

निगमले सरकार र बैंकलगायतबाट २०६१ देखि २०६८ सम्म पटकपटक गरी ३६ अर्ब ८६ करोड रुपैयाँ ऋण लिएको थियो। पछिल्लो समयमा अर्थ मन्त्रालयबाट लिएको १२ अर्ब ६४ करोड ऋणमध्ये ८० करोड रुपैयाँमात्र तिर्न सफल भएको थियो।

 

नागरिक लगानी कोषको नौ अर्ब ३८ करोड, कर्मचारी सञ्चय कोषको १२ अर्ब ६० करोड र बैंकबाट लिएको दुई अर्ब २४ करोड ऋण निगमले यसअघि नै चुक्ता गरिसकेको छ। २०७१ असोजदेखि स्वचालित मूल्य प्रणालीमा गएपछि निगम नाफामा छ।

निगम ऋण मुक्त भएपछि बोनस वितरण गर्न पनि बाटो पनि खुला हुनेछ। आर्थिक वर्ष २०७१÷७२ मा निगमले १५ अर्ब नाफा गरेको थियो। निगमको तथ्यांकअनुसार डिजेलबाहेक सबैमा नाफा छ।

तथ्यांकअनुसार पेट्रोलमा पाँच रुपैयाँ ३९ पैसा, मटितेलमा १९ रुपैयाँ ४० पैसा, एलपी ग्यासमा आठ रुपैयाँ ४५ पैसा नाफा छ। हवाई इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर १६ रुपैयाँ ९९ पैसा र अन्तराष्ट्रियतर्फ २७ रुपैयाँ ३४ पैसा नाफा छ। डिजेलमा भने १२ पैसा घाटामा रहेको तथ्यांकमा उल्लेख छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.