बेलायतमा थेरेसा प्रधानमन्त्री बन्ने

बेलायतमा थेरेसा प्रधानमन्त्री बन्ने

लन्डन (एजेन्सी): कन्जरभेटिभ पार्टीकी नेत्री थेरेसा मे बेलायतकी नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको छ । प्रधानमन्त्रीका लागि प्रतिस्पर्धामा रहेकी कन्जरभेटिभ पार्टीकी अर्की नेत्री आन्द्रेई लिडसमले सोमबार आफ्नो उम्मेदवारी फिर्ता लिएपछि थेरेसा प्रधानमन्त्री बन्ने पक्का भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएअनुसार नयाँ प्रधानमन्त्रीका रूपमा थेरेसाले बुधबार पदभार ग्रहण गर्नेछिन् । वर्तमान प्रधानमन्त्री डेभिड क्यामरुनले बुधबारै राजीनामा दिने बीबीसीले जनाएको छ । मार्गरेट थ्याचरपछि थेरेसा बेलायतको दोस्रो महिला प्रधानमन्त्री बन्न लागेकी हुन् ।

५९ वर्षीया थेरेसा क्यामरुन सरकारकी गृहमन्त्री छिन् । गत जुन २३ मा भएको जनमतसंग्रहमा ५२ प्रतिशत बेलायती नागरिकले ईयूबाट बाहिरिने पक्षमा मत दिएका थिए । त्यसलगत्तै प्रधानमन्त्री क्यामरुनले पदबाट राजीनामाको घोषणा गरेका थिए ।

त्यसपछि उक्त पदका लागि बेलायती कन्जरभेटिभ पार्टीका दुई नेत्री थेरेसा र आन्द्रेईले उम्मेदवारी घोषणा गरेका थिए । आगामी सेप्टेम्बर ९ भित्र कन्जरभेटिभ पार्टीभित्र मतदान हुने र नयाँ नेतृत्व चुन्ने भनिएको थियो । तर आन्दे्रईले उम्मेदवारी फिर्ता लिएपछि थेरेसा प्रधानमन्त्री बन्ने निश्चित भएको हो ।

बर्मिङ्घममा पत्रकारसँग कुरा गर्दै थेरेसाले प्रधानमन्त्रीका रूपमा आफूले युरोपेली युनियनबाट बेलायतको बहिर्गमन सुनिश्चित गर्ने बताइन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.