डा. केसीको अनशनले सुरक्षा चिन्ता

डा. केसीको अनशनले सुरक्षा चिन्ता

काठमाडौं: चिकित्सा शिक्षाको सुधारलगायत माग राख्दै दुई दिनदेखि त्रिवि शिक्षण अस्पतालको डट्स कार्यालय भवनमा अनशन बसेका प्राध्यापक डा. गोविन्द केसीका पक्षधर र विपक्षीबीच हुनसक्ने झडप र स्वास्थ्य सेवा अवरुद्ध हुने जोखिम बढेपछि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले जिल्ला प्रशासनसँग शान्तिसुरक्षा मागेको छ ।

डा. केसीले आइतबार दिउँसो अनशन सुरु गरेलगत्तै अस्पताल परिसरमा उनको विरोध र समर्थनमा घन्टौं नाराबाजी र प्रदर्शन भएपछि अस्पताल र बिरामीको शान्तिसुरक्षाप्रति चिन्तित हुँदै आईओएमले जिल्ला प्रशासनलाई शान्तिसुरक्षा कायम राखिदिन आग्रह गर्दै पत्र लेखेको हो । पत्रको बोधार्थमा त्रिवि उपकुलपति, महानगरीय प्रहरी परिसर, महानगरीय वृत्त महाराजगन्ज, महाराजगन्ज चिकित्सा क्याम्पसका प्रमुख, त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक, बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्र, मनोमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्स्प्लानट सेन्टरलाई राखिएको छ ।

‘डा. केसीले अनशन घोषणा गरेलगत्तै उहाँका विरुद्धमा अनशनको घोषणा गर्दै कोठा उपलब्ध गराई पाऊँ भनेर माग गरेको चिकित्सकको नाराबाजीले चिकित्सक, कर्मचारी र बिरामीलाई त्रसित बनाएको छ', अस्पतालका निमित्त निर्देशक प्राध्यापक प्रेमकृष्ण खड्काले भने ‘यस्ता घटना दोहोरिए भने अस्पतालको भौतिक पूर्वाधारमा पनि क्षति पुग्ने सम्भावना छ । त्यसैले शान्तिसुरक्षाको माग गर्नुपर्ने अवस्था आएको हो ।'

पत्रमा आईओएमका डिन, त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक, क्याम्पस प्रमुख, विभागीय प्रमुख, प्राध्यापक संघ, एफडीए, रेजिडेन्ट चिकित्सक र कर्मचारी संघका प्रतिनिधिबीच पटकपटक भएको बैठकले डा. केसीलाई अस्पताल परिसरमा अनशन नबस्न पत्राचार गरे पनि कार्यान्वयन नभएको उल्लेख छ ।

 

खड्काले यसअघिको अनुभव सुनाउँदै भने, ‘सुरुका केही दिन अस्पतालमा सबै काम सहज हुन्छन्, जब उहाँको स्वास्थ्य अवस्था खस्कियो वा बिग्रियो भनेर सूचना आउँछ तब कोही उहाँको जीवन बचाउनुपर्ने माग गर्दै बिरामीको सेवा गर्न छोडेर र कोही उहाँको माग पूरा गर्न दबाब दिँदै आन्दोलनमा उत्रिन्छन् ।' यस्तो बेला सबैभन्दा बढी मार दुर्गमबाट आएका गरिब बिरामी र भर्ना भई उपचार गरिरहेका बिरामीकै ज्यान जोखिममा पर्ने उनले बताए ।

डा. केसीको अनशनका कारण अस्पतालको वार्षिक उत्सवसम्बन्धी कार्यक्रम स्थगित भएको छ । दोस्रोपटक सोलार जडानको काम ठप्प छ । ‘कतिबेला अस्पतालमा के हुने हो र त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल गर्न बैठकमात्र गर्नुपर्ने अवस्था आएको छ', खड्काले भने ।

यसअघि आईआएम, त्रिवि शिक्षण अस्पताल र त्यसमा आबद्ध विभिन्न संघहरूले सर्वोच्च अदालतको परमादेश र अत्यावश्यक सेवा ऐन २०१४ विपरीत अस्पताल परिसरमा अनशन नबस्न डा. केसीलाई आग्रह गरेका थिए । डा. केसीलाई रेडिजेन्ट डाक्टर्स एसोसिएसनले समर्थन गरेको भन्दै विज्ञप्ति जारी गरेको छ ।

डा. केसी आधारभूत स्वास्थ्य सेवाको अधिकारमा आमनागरिक र गुणस्तरीय शिक्षामा आमविद्यार्थीको पहुँच पुग्नुपर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीमाथि महाभियोग लगाउनुपर्ने लगायत चारबुँदे माग अघि सार्दै अनशन बसेका हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.