अमेरिका र दक्षिण कोरियालाई उत्तर कोरियाको धम्की !

अमेरिका र दक्षिण कोरियालाई उत्तर कोरियाको धम्की !

सोलः उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकाले केही दिनअघि जडान गरेको संयुक्त प्रतिरक्षात्मक प्रणाली राख्ने घोषणाको विरोध गर्दै कारबाही गर्ने धम्की दिएको छ ।

उत्तर कोरियाको आणविक क्षेप्यास्त्र परीक्षणलाई विफल बनाउने भन्दै ती दुई देशले यस्तो प्रणाली राख्ने जानकारी दिएका थिए ।

उत्तरले दुई देशको संयुक्त कार्य अन्तर्राष्ट्रिय नियम कानुनविपरीत भएको बताउँदै त्यसविरुद्ध आपूmले भौतिक कारबाही गर्ने चेतावनी दिएको सोलले जनाएको छ ।

सोमबार उत्तर कोरियाको यस्तो धम्की आएको सोलबाट प्राप्त पछिल्लो समाचारमा जनाइएको हो । उत्तर कोरियाले गत शनिबार पनि एक पनडुब्बी क्षेप्यास्त्र परीक्षण गरेको थियो ।

उत्तर कोरियाले समुद्रको पूर्वी तटीय क्षेत्रमा पर्ने गरी शनिबार बिहान गरेको यस क्षेप्यास्त्र परीक्षणको दक्षिण कोरियाले निन्दा गरेको थियो । दक्षिण कोरियाको रक्षामन्त्रालयले बताएअनुसार शनिबार गरेको यस्तो खालको परीक्षण पानीमा मार हान्ने खालको क्षेप्यास्त्र हो ।


उत्तर कोरियाको उक्त कार्यको विश्वव्यापी रूपमा निन्दा भइरहेका बेला यता उत्तरले भने सोमबार बिहान यस्तो धम्की दिएको छ । उत्तर कोरियाले भनेको छ, ‘उक्त प्रतिरक्षात्मक प्रणाली जडान गर्ने योजना तत्कालै फिर्ता नलिने हो भने हामीले यो कार्यविरुद्ध भौतिक कारबाही पनि गर्नेछौं ।'

अमेरिका र दक्षिण कोरियाले हालैमात्र उत्तर कोरियाले गर्ने गरेको बारम्बारको क्षेप्यास्त्र परीक्षणस्थल समुद्रको पूर्वी तटीय क्षेत्रलाई लक्ष्यित गरी प्रतिरक्षात्मक प्रयोजनका लागि भन्दै संयुक्त सुरक्षा प्रणाली राख्ने बताएका थिए । ती दुई देशको घोषणाको दुई दिनपछि उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको थियो ।

उत्तर कोरियाले बाह्य विश्वको आग्रहको वास्ता नगरी पछिल्ला केही महिनायता बारम्बार गर्ने गरेको परीक्षणले संयुक्त राष्ट्रसंघीय शान्ति तथा निरस्त्रीकरणसम्बन्धी कानुनको उल्लंघन गरेको भन्दै त्यसको दक्षिणले निन्दा गरेको छ ।

अध्ययनका क्रममा उसले उक्त क्षेप्यास्त्र समुद्री तटीय क्षेत्रलाई केन्द्र बनाएर छोडेको पाइएको र यसको परीक्षणको कुनै सूचना प्राप्त नभएको बताएको छ । पछिल्लो समयमा जारी राखेको आणविक परीक्षणका कारण दक्षिण कोरिया र अमेरिकाले उसमाथि नाकाबन्दी लगाएका छन् ।

उत्तर कोरियाली राष्ट्रिय सेनाको तोप विभागले सोमबार प्रकाशन गरेको विज्ञप्तिमा उक्त जानकारी दिइएको छ । विभागको विज्ञप्तिमा भनिएको छ, ‘यदि यी दुई देशले यसअघि भनिएजस्तै अत्याधुनिक खालको प्रतिरक्षात्मक प्रणाली जडान गर्ने हो भने हामी त्यसै दिनदेखि आक्रमण गर्नेछौं ।'

उक्त प्रणालीको जडान दक्षिण कोरियामा गर्ने भएकाले दक्षिण कोरियाको उक्त स्थानमा क्षति हुने गरी आक्रमण गरी कारबाही गरिने जानकारी उक्त विभागले दिएको छ । रासस÷एएफपी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.