कश्मिर हमलामा ३२ को मृत्यु, ८०० घाइते

कश्मिर हमलामा ३२ को मृत्यु, ८०० घाइते

श्रीनगरः  भारत प्रशासित काश्मिरमा गत शुक्रबार हिजबुल मुजाहिद्दिन समूहका नेता बुरहान बानीको मृत्युको विषयलाई लिएर सुरु भएको तनावले उग्र रुप लिएको छ ।

बानीको मृत्युलाई लिएर विरोधमा उत्रिएका करिब ३२ को मृत्यु भएको छ भने सोमबारसम्म आइपुग्दा स्थानीय नागरिक र सुरक्षाकर्मी गरी आठ सय घाइते भएका छन् ।

घाइतेको संख्या धेरै रहेको घाइते भएका एक उच्च सुरक्षा अधिकारीले नाम गोप्य राख्ने सर्तमा एएफपीलाई बताएको अन्तराष्ट्रिय सञ्चार माध्ययमले जनाएका छन् ।

आन्दोलनकारी थप आक्रोशित बन्दा सोमबार सयौँ मानिसको समूहले भारतीय सीमा सुरक्षार्थ स्थापना गरिएको एक सैन्य हवाई अड्डामा समेत आक्रमण प्रयास गरेका छन् ।

काश्मिरी इलाकाको ठाउँ–ठाउँमा निरन्तर झडपका घटना भएपछि भारतीय नेताहरुले उच्च स्तरको वार्ता सुरु गरेका छन् । यसै विषयलाई लिएर भारतीय गृहमन्त्री राजनाथ सिंहको अमेरिका भ्रमण रद्ध भएको छ । सिंह जुलाई १७ तारिख अमेरिका जाने तयारी थियो ।

कश्मीर आतंकको विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले उच्च स्तरको वार्ता गरेको छ । वार्तामा भारतीय गृहमन्त्री राजनाथ सिंह, भारतीय विदेशमन्त्री सुष्मा स्वराज, रक्षामन्त्री मनोहर पर्रिकर, भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल सहभागी थिए ।






प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.