बालबालिकालाई ग्लोबल कलेजको सहयोग
काठमाडौं: ग्लोबल कलेज चौथो सेमेस्टरका विद्यार्थीले आफ्नो खाजाखर्च जोगाएर सृजनशील समाज मनमैजुमा आ िश्रत ३० जना बालबालिकालाई सहयोग गरेका छन्।
कलेजको सामाजिक उत्तरदायित्वअन्तरगत कलेजका संस्थापक एवं पूर्वगभर्नर डाक्टर तिलक रावलको प्रमुख आतिथ्यमा बालबालिकालाई खाना, खाजा, र लत्ताकपडा वितरण गरी चिडियाखाना घुमाएर मनोरञ्जन गराएको कलेजले जनाएको छ।
सहयोगमा सहभागी विद्यार्थीले यस्ता कार्यक्रम गरी अनाथ बालबालिकालाई सहयोग गर्ने बानी विकास गर्न विद्यार्थी नै सक्रिय हुनुपर्नेमा जोड दिएका थिए।
प्रतिक्रिया दिनुहोस !
४
८