‘कांग्रेसले मात्र मुलुकको समस्या समाधान गर्न सक्छ’
काठमाडौँः माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता लिए लगत्तै कांग्रेस नेता मिनेन्द्र रिजालले कांग्रेसले मात्र मुलुकको समस्या समाधान गर्न सक्ने बताएका छन् ।
माओवादी निर्णयपछि कुरा गर्दै रिजालले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मुलुकको समस्या समाधान गर्न सक्दैन । मुलुकको समस्या समाधान कांग्रेस नेतृत्वले मात्र गर्न सक्छ ।’
रिजालले अब प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र माओवादी केन्द्रबीच सहकार्यको बाटो खुलेको समेत बताए । ‘अब कांग्रेस र माओवादीबीच सहयात्राको बाटो खुलेको छ’, रिजालले भने ।
नयाँ सरकारको विषयमा अब कांग्रेसले माओवादीसँग छलफल गर्ने समेत रिजालले बताए । यद्यपी माओवादी र कांग्रेसका दोस्रो तहका नेता बसेरै नयाँ सरकारकको गठन सम्बन्धी ड्राफ्ट नै तयार पारेको समाचार समेत सार्वजनिक भइसकेको छ ।