दिल्ली गइरहेको बस दुर्घटना, आठको मृत्यु (अपडेट)

दिल्ली गइरहेको बस दुर्घटना, आठको मृत्यु (अपडेट)

काठमाडौं: बुटवलबाट भारतको राजधानी नयाँदिल्ली जाँदै गरेको यात्रुबस भारतको उत्तर प्रदेशमा दुर्घटना हुँदा आठ जना नेपालीको मृत्यु भएको छ।

बुद्ध एड्भेन्चर टुर एण्ड ट्राभल्सको ना४ख ७६८७ नम्बरको यात्रु बस उत्तर प्रदेशस्थित बहराइच जिल्लामा मध्यराती एक बजे दुर्घटनाग्रस्त भएको हो।

बहराइच जिल्लामा सोमबार मध्यराति विपरित दिशाबाट आएको ट्रकसँग जुध्न पुग्दा बसका आठ जनाको मृत्यु भएको हो।

पश्चिमाञ्चल नेपाल बस व्यवसायी संघका अध्यक्ष ददिराम खरेलका अनुसार दुई चालक र ६ यात्र गरी आठ जनाको मृत्यु भएको हो।

बहराइच जिल्लाका प्रहरी प्रमुख शालिग्राम बर्मालाई उद्धृत गर्दै बाँकेका प्रहरी उपरीक्षक टेकप्रसाद राईले भने दुर्घटनामा पाँचजनाको मात्र मृत्यु भएको बताएका छन्।

दुर्घटनामा २८ यात्रु घाइते भएको प्रहरी उपरीक्षक राईले जानकारी दिए। दुर्घटनाको बारे बुझ्न नेपालगञ्जबाट प्रहरी निरीक्षक प्रमोद क्षेत्रीको नेतृत्वमा एक टोली घटनास्थलतर्फ गएको छ।

घटनास्थल नेपालगञ्जबाट करिब ४० किलोमिटरको दूरीमा पर्छ।  

दुर्घटनामा बस ड्राइभर अमित घर्ती र खुमबहादुर सारु मगरको घटनास्थलमै ज्यान गएको दिल्लीस्थित बुद्ध एड्भेन्चरले जनाएको छ।

बस दुर्घटनामा परेको जानकारी पाएपछि बुद्ध एड्भेन्चर ट्राभल्सका कर्मचारी घटनास्थल पुगेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.