सरकार ढाल्ने माओवादी निर्णय राष्ट्रघाती: राप्रपा नेपाल

सरकार ढाल्ने माओवादी निर्णय राष्ट्रघाती: राप्रपा नेपाल

काठमाडौंः ओली सरकारकै घटक राप्रपा नेपालले सरकारबाट फिर्ता हुने नेकपा माओवादी केन्द्रको निर्णयलाई राष्ट्रघाती भनेको छ ।

राप्रपा नेपालका प्रमुख सचेतक दीलनाथ गिरीले नेपालीको समृद्धिको चहाना, राष्ट्रियता र देशको उन्नतिको बाटो अवरोध गर्ने गरी माओवादी केन्द्रले गरेको यो निर्णयलाई राष्ट्रघातीको संज्ञा दिएका हुन् ।

‘हामी अझै पनि यही समीकरणबाट समाधान खोज्ने पक्षमा छौं’, प्रमुख सचेतक गिरीले भने, ‘यो सरकार ढाल्नु भनेको राष्टघात हो । देश र जनताका लागि पनि दुभाग्र्यपूर्ण हो ।’

त्यसैगरी नेकपा माओवादी कन्द्रको यो निर्णयबारे आश्चर्य प्रकट गर्दै उपप्रधानमन्त्री कमल थापा प्रेस सल्लाहकार तथा राप्रपा नेपलाका सहप्रवक्ता मोहन श्रेष्ठले राष्ट्रवादी गठबन्धन टुटाउनु दुःखद भएको प्रतिक्रिया दिए ।

‘यसबारेमा पार्टीको बैठक बसेर धारणा सार्वजनिक गर्छौं’, उनले भने, ‘यो सरकार राष्ट्रबादी गठबन्धन थियो । देशको सुदूर भविष्यका लागि यो सरकार चाहिन्थ्यो ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.