अमेरिका असुरक्षित भएको चार देशको भनाइ

अमेरिका असुरक्षित भएको चार देशको भनाइ

वासिङटन: चार देशले संयुक्त राज्य अमेरिका सुरक्षित नभएको भन्दै आफ्ना नागरिकलाई सजग रहन चेतावनी दिएका छन्।

अश्वेतमाथि अमेरिकी प्रहरीद्वारा दुव्र्यवहार भएको र त्यसपछि हिंसात्मक प्रदर्शन भएको भन्दै ती देशले यस्तो सूचना जारी गरेका हुन्। अमेरिकामा हालै भएका दुव्र्यवहार र हिंसात्मक घटनालाई लिएर चिन्ता व्यक्त गरिन थालेको छ।

यसै कुरालाई आधार बनाएर मध्य पूर्व र क्यारेबियाका सरकारले यस्तो घोषणा गरेका हुन्। बहराइन, संयुक्त अरब इमिरेट्स बहामासले पहिलोपटक यस्तो घोषणा गरेका हुन्। लुसियाना र मिनेसोटामा प्रहरीको गोलीबाट अश्वेत व्यक्ति मारिएका थिए। त्यसको विरोधमा अमेरिकाका कयौं सहरमा प्रदर्शन भइरहेका छन्।

प्रदर्शनका क्रममा पुलिस र प्रदर्शनकारीबीच भिडन्त पनि भइरहेका छन्। डलासमा गत साता एक प्रदर्शनमा पाँच प्रहरी मारिएका थिए। उनीहरूले अश्वेतलाई निसाना बनाएका थिए।

अफ्रिकी मूलका नागरिकको बाहुल्य भएको क्यारेबियाली मुलुक बहामासले आफ्ना नागरिकलाई चेतावनी दिँदै भनेको छ, 'अमेरिकाका सहरमा सावधान भएर मात्र हिँड्नु। त्यहाँ अश्वेत युवालाई प्रहरीले निसाना बनाउने गरेको छ।' बहामासको ८३ प्रतिशत जनसंख्या अश्वेतको रहेको छ।

 

एसियाली देश बहराइनले पनि यस्तै सूचना जारी गरेको छ। अमेरिकास्थित बहराइनको राजदूतावासले आफ्ना नागरिकलाई अमेरिकाका भीडभाड हुने ठाउँमा ख्याल गरेर मात्र हिँड्न आग्रह गरेको छ। राजदूतावासले ट्विटमार्फत यस्तो जानकारी दिएको हो।

बहामासको विदेश मन्त्रालयले यात्रा परामर्श (ट्राभल एडभाइजरी) जारी गर्दै भनेको छ, 'विशेषगरी युवाहरूले अमेरिकी प्रहरीसँग सजग भएर कुरा गर्नु, उनीहरूसँग बहस नगरी सोधेको मात्र जवाफ दिनू।'

यसैगरी संयुक्त अरब इमिरेट्स (युएई)ले अमेरिकामा रहेका आफ्ना नागरिक र विद्यार्थीसँग सावधान हुन अपिल गरेको छ। अमेरिकी विदेश मन्त्रालयले आतंक, हिंसा, हत्या हुने गरेका देशमा दिने गरेको शैलीमा युएईले चेतावनी दिएको छ।

युएईको दूतावासले आफ्ना नागरिकलाई भीडभाड हुने इलाकामा नजान र कुनै पनि प्रदर्शनदेखि टाढै रहन आह्वान गरेको छ। यसका साथै कुनै पर्व, समारोहमा जाँदा विचार पुर्याउन पनि निर्देशन दिएको छ।

यसैगरी न्युजिल्यान्डले पनि सतर्क भएर मात्र अमेरिका यात्रा गर्न आफ्ना नागरिकलाई आग्रह गरेको छ।अमेरिकाले यसै महिना मात्रै बंगलादेश, भेनेजुयला, इराक, मालीजस्ता देशमा आफ्ना नागरिकलाई यात्रा नगर्न चेतावनी दिएको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.