बालुवाटारमा सत्तारुढ दलको बैठक
काठमाडौँः माओवादी केन्द्रले सरकारबाट बाहिरिने विषयमा गरेको निर्णयमाथि छलफल गर्न सत्तारुढ दलको बैठक सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको बैठकमा माओवादी बाहेका सत्तारुढ सबै दल सहभागी भएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए ।
बैठकले माओवादी सरकारबाट बाहिरिएपछि के गर्ने भन्ने विषयमा निर्णय गर्नेछ ।
माओवादीले सरकारको समर्थन फिर्ता लिएर सबै मन्त्रीलाई समेत फिर्ता बोलाएपछि मंगलबार दिउँसोबाट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार संकटमा परेको छ ।
२०७२ साल असोज २४ गते व्यवस्थापिका संसदबाट प्रधानमन्त्री निर्वाचित भएका एमाले अध्यक्ष ओली नेतृत्वको सरकार नौ महिनामै संकटमा परेको हो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले पत्र लेखेर सरकारको समर्थन फिर्ता लिदै मन्त्रीलाई फिर्ता बोलाएको जानकारी प्रधानमन्त्री ओलीलाई गराइसकेका छन् ।