माओवादी केन्द्र निकट विद्यार्थीको अधिवेशन साउन १० गते

माओवादी केन्द्र निकट विद्यार्थीको अधिवेशन साउन १० गते

काठमाडौँः नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठनको एकता राष्ट्रिय महाधिवेशन साउन १० गते हुने भएको छ ।

मंगलबार पेरिसडाँडामा बसेको माओवादी केन्द्र निकट विद्यार्थी संगठनका पदाधिकारीको बैठकले एकता महाधिवेशनको मिति तोकेको हो ।

बैठकपछि अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले भने, ‘सम्पूर्ण माओवादी केन्द्र निकट विद्यार्थी संगठनको एकता अधिवेशन साउन १० गते काठमाडौँमा गर्ने निर्णय भएको छ।’

विभिन्न १० माओवादी घटकको एकता गत जेठ २१ गते भए पनि विद्यार्थी संगठनकाबीचमा एकता हुन बाँकी नै थियो ।

माओवादी विद्यार्थी संगठनको एकता अधिवेशनका लागि विभिन्न कार्यदल बनेका छन् । रमेश मल्लको नेतृत्वमा रत्न ढकाल, सन्तोष विष्ट र मदन अर्याल सदस्य रहेको प्रतिवेदन लेखन कार्यदल बनेको छ भने नरेन्द्र न्यौपानेको नेतृत्वमा अनिल शर्मा, उत्तम अधिकारी र यज्ञराज खरेल सदस्य रहेको विधान संशोधन कार्यदल बनेको छ ।

महाधिवेशनको व्यवस्थापनको जिम्मेवारी भने रामचन्द्र अधिकारीको नेतृत्वमा वीरेन्द्र वस्नेत र रविकिरण यादवको टोलीले पाएको छ  ।

स्वयंसेवकको जिम्मेवारी रञ्जित तामाङको नेतृत्वमा वीरेन्द्र बस्नेत र रविकिरण यादवको टोलीले लिएको छ भने स्वास्थ्य टोलीको जिम्मेवारी जितेस योञ्जन र कमल न्यौपानेले लिएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.