नक्कली प्रमाणपत्र पेश गर्ने शिक्षकलाई मुद्दा

नक्कली प्रमाणपत्र  पेश  गर्ने शिक्षकलाई मुद्दा

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जयन्ती माध्यामिक विद्यालय दैलेखका विज्ञान शिक्षक सरयुगप्रसाद साहले पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएकाले विशेष अदालतमा आज मुद्दा दायर गरेको छ।

आयोगका प्रवक्ता कृष्णहरि पुस्करकाअनुसार माध्यमिक तहका विज्ञान शिक्षक साहले विहार इन्टरमिडियट एजुकेसन काउन्सिल पटना भारतबाट सन् १९८७ मा आइएस्सी उतीर्ण गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको हो।

साहले विसं २०५३ जेठ १६ देखि २०६० कात्तिक २५ सम्म अस्थायी मावि शिक्षक र २०६० कात्तिक २६ देखि हालसम्म स्थायी मावि शिक्षक पदमा कार्यरत रही भ्रष्टाचार गरेको पाइएकाले हदैसम्मको कारबाहीका माग गर्दै मुद्दा दायर गरिएको आयोगले जनाएको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.